काठमाडौं : एक महिनामा चार हजार ३ सय ४५ मुद्दा नेपाल प्रहरीमा दर्ता भएका छन्।
नेपाल प्रहरीको मुख्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरका मुद्दा परेको प्रहरीले जनाएको छ। बैंकिङ कसुरका ११ सय ४६ मुद्दा प्रहरीमा पुगेका छन्।
यस्तै सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धका मुद्दा ६०१ छन्। तेस्रो स्थानमा आत्महत्या मुद्दा ४२४ रहेका छन्।
यस्तै लागुऔषध मुद्दा ४१३ दर्ता भएको प्रहरीको तथ्यांक छ। चोरीका २७२, ठगीका २२२ मुद्दा लिएर प्रहरीकहाँ पुगेका छन्। यसैगरी सवारी ज्यान सम्बन्धी १६८ जबरजस्ती करणीका १५० मुद्दा दर्ता भएको प्रहरी मुख्यालयले जनाएको छ। यस्तै ज्यान मार्ने उद्योगमा ८५ र कर्तव्य ज्यान मुद्दा ४१ वटा दर्ता भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसरा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १३ सय ६३ मुद्दा दर्ता भएका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा १५१ मुद्दा दर्ता हुँदा सुदूरपश्चिममा २७०, गण्डकीमा ३०६ तथा बागमतीमा ४२९ मुद्दा दर्ता भएका छन्। लुम्बिनीमा ५४६ मुद्दा दर्ता भएको कोशीमा ६३० र मधेशमा ६५० मुद्दा लिएर प्रहरीकहाँ पुगेका छन्।
मंसिर महिनामा ४१ सय ८१ मुद्दा दर्ता भएका थिए।













