‘पानी खाने, खाना पिउने’ यस स्वर्णिम सूत्रको मूलभूत आशय हो— खानेकुरा अर्थात् ठोस वस्तु यति धेरै चबाउने कि निल्ने बेलामा पानी जस्तो होस्, तर पानी चाहिँ नपिईकन चुसे जसरी खाने गर्नुपर्दछ । पानी खानु शब्दको तात्पर्य सलसली पाइपमा पानी बगेजस्तो गरी पिउनु होइन ।
हरेक घुट्क पानी मुखमा राखेर चुस्की लिँदै निल्नु हो । यसो गर्दा मुख मार्गको आन्तरिक सतहमा भित्रबाट निष्कासित हुने विभिन्न पाचक रस तथा इन्जाइम्सहरु पानीमा घोलिएर, मिसिएर जान पाउँछन् ।
फलस्वरुप पाचन सुव्यवस्थित तथा सन्तुलित भई पानीमा सन्निहित सबै प्रकारका मिनरल्स एवम् अन्य तत्वहरु शरीरमा अनुकूलित हुन पाउँछन् । साथै मुख, आहार नली, आमाशय, आन्द्रा, मलाशय र अन्त्यमा मलद्वारसम्मको आन्तरिक कार्यक्षमतामा सकारात्मक प्रभाव पर्दछ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













