• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    ‘पहाड’ मा नेपाली समाजको कथा

    ‘पहाड’ मा नेपाली समाजको कथा

    झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

    पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    ‘पहाड’ मा नेपाली समाजको कथा

    ‘पहाड’ मा नेपाली समाजको कथा

    झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

    पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः रैथाने उत्पादनबाटै मनग्य आम्दानी

by
५ माघ २०८१,
0
आलेखः रैथाने उत्पादनबाटै मनग्य आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान (सुनसरी), धरान–१५ की मनिता घिमिरे सात वर्षदेखि तीतेपाती, नीम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालन गर्दै आउनुभएको छ । उहाँले उत्पादन गर्नुभएको साबुन मेला, महोत्सव, प्रदर्शनीलगायत अन्यत्र बिक्री हुने गर्दछ । नेपालमा मात्र नभएर विदेशका धेरै ठाउँहरुबाट ‘अनलाइन’बाट माग गर्ने ग्राहक धेरै भएको उहाँ बताउनुहुन्छ ।

केही वर्षअघि काठमाडौँको ठमेलमा एकजना विदेशीबाट साबुन बनाउने तालिम लिएर त्यहाँबाट सिकेको सीपको उपयोग गर्दै उहाँले उद्योग सञ्चालन गर्नुभएको हो । उहाँले सात वर्षदेखि धरान–१५ स्थित आफ्नै घरमा साबुन उद्योग सञ्चालन गरिरहनुभएको छ । रु २५–३० हजारको लगानीमा सुरु गर्नुभएको व्यापार अहिले राम्रो आम्दानीको स्रोत बनेको छ । नेपालमै सिकेको सीपलाई उपयोग गर्न सकियो भने थोरैै लगानीबाट राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।

उहाँले आफूमा रहेको सीपलाई विस्तार गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा आयोजित तालिमहरुमा महिलालाई प्रशिक्षित गराउनुभएको छ । उहाँले इटहरी, उदयपुर, धनकुटालगायत ठाउँहरुमा तालिमहरु दिइसक्नुभएको छ । महिलाहरुले फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्न सक्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “गाउँघरमा पाइने वनस्पतिको प्रयोग गरेर साबुन बनाउन सकिन्छ, यसबाट उपभोक्तादेखि मुलुकलाई नै फाइदा हुन्छ ।”

सानो लगानीबाट गर्न सकिने यस्ता व्यवसायका लागि स्थानीय सरकार र स्थानीय तहमा वडा कार्यालयले पनि विपन्नलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उहाँको सुझाव छ । पछिल्लो समय जलवायु अनुकूलको दृष्टिले पनि रैथाने बालीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । अहिले धरानमा सञ्चालन गरिएको एक्स्पोमा पनि उहाँले बताउनुभएको साबुन किन्नेको घुइँचो देख्न सकिन्छ । मेलामा राखिएका रैथाने उत्पादनहरुप्रति उपभोक्ताहरुको आकर्षण बढेको छ ।

किबीको व्यावसायिकखेती

पाँचथरका जुनु लावती २०६८ सालदेखि किबीखेती गर्दै आउनुभएको छ । उहाँले सनम फलफूल उत्पादन तथा प्रशोधन उद्योग फार्म सञ्चालन गर्दै आउनुभएको छ । परम्परागत निर्वाहमुखी खेतीभन्दा व्यावसायिकखेती गरी आम्दानीसँग जोडिने नगदेबालीका रुपमा किबीखेती उपयुक्त लागेकोले २०६८ सालदेखि यसको खेती सुरु गरेको उहाँले बताउनुभयो ।

उहाँले यसमा कृषि फर्म, नर्सरी र प्रशोधन केन्द्र स्थापनामा झण्डै रु एक करोड बराबरको लगानी गरिसक्नुभएको छ । उहाँले अहिले ४५ रोपनी क्षेत्रफलमा किबीखेती गरिरहनुभएको छभने भाडामा जग्गा लिएर १५ रोपनी क्षेत्रफलमा नर्सरी उत्पादन गर्नुभएको छ । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन, मिहेनत गरेमा कृषि पेसामै आत्मनिर्भर हुन सकिने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “कृषिमा लागेर पनि सफल व्यवसायी बन्न सकिने रहेछ ।”

उहाँ धरान एक्स्पोमा किबीको व्यापार गर्दै आउनुभएको छ । किबी र किबीबाट उत्पादन गरिएका जुसको व्यापार अत्यधिक मात्रामा बिक्री भइरहेको छ । लावतीले अहिले एक्स्पोमा किबी फलबाट उत्पादन गरिएको किबीको जुस, अचारलगायत किबीबाट उत्पादन गरिएको विभिन्न वस्तुहरु बिक्रीका लागि राखिएको छ । सूचना प्रविधिको पहुँचबाट टाढा रहेका कारण आफूले अनलाइनको माध्यमबाट बजारीकरण गर्न नसकेका कारण विभिन्न जिल्लामा आयोजित एक्स्पो मेला, महोत्सवलगायत ठाउँहरुमा पुगेर आफ्ना उत्पादनहरु बिक्रीका लागि लैजाने गरेको उहाँले बताउनुभयो ।

यस्ता मेला, महोत्सवहरुमा दैनिक रु ८० हजारदेखि रु एक लाखसम्म आम्दानी हुने गरको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दुर्गम ठाउँहरुमा उत्पादन गरिएका कृषि रैथाने बाली पर्याप्त पौष्टिक तत्वले भरिपूर्ण हुने र स्वास्थ्यका लागि फाइदाजनक हुने हुँदा बिस्तारै उपभोक्ताहरुको आकर्षण बढ्दो छ । अझै यसबारे प्रचारप्रसार र आम सर्वसाधारणमा जानकार र चेतना पु¥याउन सकिएमा बजारको समस्या हुने थिएन ।” लावतीले भन्नुभयो, “किबी उत्पादन भए पनि बजारको समस्या छ । किसानले उत्पादन गरेको वस्तुहरु सरकारले उचित मूल्यमा खरिद गरी बजारीकरण गरिदिए किसानलाई सहज हुनेछ । किसानहरुले उत्पादन गरेका वस्तुहरु बिक्री हुने कुरा सुनिश्चित गर्न सकिए नेपालमै स्वरोजगार सिर्जना गर्न सकिन्छ ।”

उहाँले किबी खेतीबाहेक नर्सरीबाट पनि राम्रै आम्दानी गर्नुभएको छ । उहाँको नर्सरीबाट उत्पादन गरिएका विभिन्न जातका बिरुवाहरु पाँचथर, सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा मात्र होइन, भारतका विभिन्न सहरहरुमा समेत बिक्री हुने गरेको छ ।

सक्खरको गुलियो व्यापार

विगत २० वर्षदेखि सख्खरको व्यापारमा रमाई रहनुभएका सङ्खुवासभाका दिलीप मगरलाई पनि यस पटकको धरान एक्स्पो निकै फाइदाजनक बन्यो । उहाँ सक्खरको व्यापारबाट राम्रै आम्दानी भएको बताउनुहुन्छ । लामो समयसम्म सँुगुरपालन र दानाखेती गर्दै आउनुभएका उहाँ २० वर्षदेखि सक्खरको व्यापारमा लाग्नुभएको छ । अहिले डिएलएमएस बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म खोलेर सक्खरबाहेक अम्रिसोको कुच्चो, निबुवाको चुक साथै अन्य अग्र्यानिक कृषि उत्पादनको व्यापार पनि गर्ने गर्नुहुन्छ ।

सक्खरको व्यापार मौसमी पेसा भएकाले वर्षमा नौ महिना मात्रै यसको व्यापार हुने गरेको गर्दछ । नौ महिनामा मात्र उहाँले पाँच हजार केजीभन्दा बढी सक्खर बनाएर बिक्री गरेको र यसबाट रु १२ लाखसम्म आम्दानी भएको उहाँको भनाइ छ । सक्खर बनाउनका लागि मात्र उहाँले अहिले ९५ रोपनी जग्गामा उखुखेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “सक्खर बनाउनका लागि उखु बाहिरबाट खरिद गर्नु पर्दैन, आफैँले खेती गरेको कारण निकै सहज भएको छ ।”

उहाँको फार्ममा बास्नादार र शुद्ध सादा गरी दुई किसिमको सक्खर पाइन्छ । बास्नादार सक्खर बनाउँदा ल्वाङ, सुकुमेल, गरम मसला र नरिवल हालेर बनाउने गरिन्छ भने शुद्ध सादामा केही नहाली बनाइएको हुन्छ । उहाँले सादा सक्खर अहिले प्रतिकेजी रु दुई सय र बास्नादार सक्खर रु पाँच सयमा बिक्री भइरहेको बताउनुहुन्छ । उहाँका अनुसार सक्खर किन्नका लागि धेरैजसो व्यापारी फार्ममै पुग्ने गरेका छन् भने कतिपयले फोनबाट माग गर्दछन् । फार्मबाट बिक्री गर्नुभन्दा मेला, महोत्सवमा बिक्री गर्दा बढी फाइदा हुने गरेकोे उहाँको भनाइ छ ।

पछिल्लो समय धेरै मानिसमा मधुमेहको समस्या देखिएकाले पनि चिनीको सट्टा सक्खरको प्रयोग गर्न थालेपछि यसको व्यापार बढेको उहाँको भनाइ छ । उहाँले उत्पादन गर्नुभएको सक्खर सुनसरी, धनकुटा, मोरङ, विराटनगर, झापा, काठमाडौँ, पोखरालगायत ठाउँमा बिक्री हुने गरेको छ ।

एक्स्पोमा सक्खर किन्न आउनुभएका धरानका साजन उदास पछिल्लो समय गुलियो पारखीहरुका लागि सक्खर निकै लाभदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चिनीको प्रयोग गर्दा विभिन्न किसिमका रोग लाग्ने गरेकाले सक्खरको प्रयोग गर्न थालेको हुँ ।” सक्खरलाई चिनीको सट्टा चिया, रोटीलगायत अन्य परिकारहरुमा प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।

एक्स्पोले गरायो बजारीकरण
सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजना, स्थानीय सरकार, धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, सङ्घीय सरकारको सहयोगमा सुरु भएको धरान एक्स्पोबाट स्थानीय किसानका साथै उपभोक्ताहरु लाभान्वित भएका छन् । व्यापार–व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा हस्तकलाका सामग्री, कृषिजन्य उत्पादनहरु राखिएका छन् । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ भन्नुहुन्छ, “एक्स्पोमा विषादीयुक्त तरकारीका साथै कृषि उपजको आयातलाई निरुत्साहित गर्दै किसानले उत्पादन गरेको स्थानीय उत्पादनहरुलाई प्राथमिकतामा राखेर एक्स्पोको आयोजना गरिएको हो ।”

एक्स्पोमा स्थानीय उत्पादन र किसानलाई अग्र्यानिक उत्पादनमा जोड दिँदै बिक्री कक्षहरु राखेर प्राविधिक सहयोग गर्दै आएको धरान एक्स्पो अनुगमन समितिको संयोजक जयप्रकाश शर्माले बताउनुभयो । स्थानीय निकायमा भएका सानादेखि ठूला उद्योगबाट उत्पादन भएका सबै उत्पादनलाई एक्स्पोमा प्रदर्शनीका लागि राखिएको एक्स्पोका मूल संयोजक गोपाल श्रेष्ठ बताउनुहुन्छ ।

एक्स्पोमा राखिएका एक सय ४२ वटा स्टलमा कृषिउपज, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, तयारी कपडा, घरेलु सामान प्रदर्शनी र बिक्रीका लागि राखिएका छन् । एक्स्पोमा कोशी प्रदेशका विभिन्न जिल्लाहरु र छिमेकी दार्जिलिङलगायत भारतका विभिन्न स्थानबाट अवलोकन तथा व्यापार–व्यवसायका लागि आउने मानिसको भीड लागेको छ । एक्सो गत पुस २५ गतेदेखि सुरु भई यही माघ ५ गतेसम्म सञ्चालन भइरहेको छ ।
–––

Previous Post

नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान !

Next Post

पेट्रोलियम पदार्थ अन्वेषण:नमुना लिएर प्राविधिक टोली चीन फर्कियो

सम्बन्धित खबर

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’
आर्थिक

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

२ चैत्र २०८२,
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
‘पहाड’ मा नेपाली समाजको कथा
आर्थिक

‘पहाड’ मा नेपाली समाजको कथा

२ चैत्र २०८२,
झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र
टुरिजम

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

२ चैत्र २०८२,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
Load More
Next Post
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

पेट्रोलियम पदार्थ अन्वेषण:नमुना लिएर प्राविधिक टोली चीन फर्कियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In