काठमाडौं ।नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको बताएका छन्।
संसद भवनमा आयोजित सर्वदलीय बैठक सकेर बाहिरिने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै लेखकले आफूहरू अहिलेको आन्तरिक तयारीमा रहेको बताए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको होरु भन्ने सञ्चारकर्मीको प्रश्नमा लेखकले भने, ‘हामीले कसैलाई पनि प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं, हामी पार्टीलाई नयाँ संसदमा एकतावद्ध र सशक्त रुपले कसरी अगाडि लिएर जाने भन्ने आन्तरिक तयारीमा छौं।’
उनले वर्तमान सत्तासमीकरण भत्काउने खेलमा कांग्रेस नलागेको प्रष्टीकरण पनि दिए। ‘समीकरण भत्काउने र नयाँ बनाउने काममा हामी छैनौं, भोलि संसदीय दलको बैठक छ । २६ गते बिहान फेरि संसदीय दलको बैठक बस्छौँ। लेखकले भने, ‘२६ गते बिहान नै सरकारलाई विश्वासका मत दिने कि नदिने भन्ने निर्णय सार्वजनिक हुन्छ।’
file photo













