काठमाडौं– अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले ख्यातिप्राप्त फोटोग्राफर किशोर कायस्थको “मुस्ताङ नस्टाल्जियाः ए टू—डिकेड ओडिसी” नामक फोटो प्रदर्शनीको उद्घाटन गरेका छन्।
नेपाल आर्ट काउन्सिलमा आयोजित यो प्रदर्शनीमा मुस्ताङका ३० अनुपम पानोरामिक फोटोग्राफ समेटिएका छन्, जसले मुस्ताङको शान्त प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई उजागर गर्दछ। गेहेन्द्र धिमाल फाउन्डेसनसँगको सहकार्यमा गरिएको यस प्रदर्शनीले मुस्ताङमा अमेरिकी राजदूतको सांस्कृतिक संरक्षण कोषको सहयोगमा भएका पुनर्स्थापना परियोजनाहरूलाई पनि समेटेको छ।
मुस्ताङको सौन्दर्य र सांस्कृतिक धरोहरलाई जनवरी १४ सम्म काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अवलोकन गर्न सकिनेछ।












