• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

by
२४ पुस २०८१,
0
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, २४ पुसः कास्कीको मादी गाउँपालिका–२ स्थित कप्रुडाँडाको पर्यटकीय सम्भावनालाई अध्ययन गरी पाँच वर्षअघि सडक सञ्जाल विस्तार भएसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र मादी गाउँपालिकाको सहकार्यमा पर्यटकीय सम्भावनाको अध्ययन गरी कप्रुडाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास गर्न थालिएको हो ।

दश वर्षअघिसम्म कप्रुडाँडा भेँडीगोठ र गाईभैँसीको चरन क्षेत्र थियो । गोठालाहरूले पशुवस्तुु लिएर जाने स्थल अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको स्थानीय बताउँछन् । पर्यटकीय सम्भावना र चुनौतीबारे अध्ययन गरी पर्यटक लक्षित सुविधा सम्पन्न सडक, होटललगायत पूर्वाधार विकास गरेसँग यहाँ पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको कप्रुडाँडास्थित होटल मिडनाइट क्याम्परर्सका सञ्चालक हिमाल गुरुङले बताउनुभयो ।

“वरपर ढपक्क ढाकिएका गुराँसे जङ्गलको बीचमा खुल्ला भूभाग, यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यसँगै मनास्लु हिमाल, अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, माछापुच्छ्रे«, मर्दी, बुद्ध, हर्क गुरुङलगायत हिमालको दृश्य एकसाथ नियाल्न सकिन्छ । यो ठाउँ पछिल्लो पाँच वर्षको अन्तरालमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बनेको छ”, उहाँले भन्नुभयो ।

यहाँको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी पाँच वर्षअघि बाटो पुुगेको थियो । महामारीले दुुई वर्ष पर्यटकीय गतिविधि प्रभावित भए पनि त्यसयता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको होटल सञ्चालक हिमाल गुरुङले उल्लेख गर्नुभयो । “यहाँ धेरै वर्ष अघि गोठ थिए, अहिले गोठ पनि छैनन्”, उहाँले भन्नुुभयो, “यो पुरातात्विक ठाउँ पनि हो । क्होलोसोथारमा घले राजाको राज हुँदा कर उठाउन राजाले आफ्ना दूतलाई कप्रुडाँडासम्म पठाउँथे भन्ने इतिहास रहेको ज्येष्ठ नागरिकहरू बताउँछन् ।”

स्थानीयका अनुुसार गाउँको सिरानस्थित गोलो आकारको समथर भूभाग यस ठाउँमा पहिलेपहिले गाउँलेहरू गाईभँैसी चराउन आउँथे । “गाउँलेहरू घाँसदाउरा गरेर साँझमात्र घर फर्कन्थे । त्यसैले यो ठाउँ यहाँको परम्परागत जनजीविकासँग पनि जोडिएको छ । यहाँबाट करिब १० घण्टाको पैदलयात्रामा गुरुङ जातिको उद्गमस्थल क्होलासोथार पुग्न सकिन्छ”, यहाँका पर्यटन व्यवसायी भुपाल गुरुङले भन्नुभयो ।

पर्यटन व्यवसायी गुरुङका अनुसार कोरोना महामारीमा सामाजिक सञ्जालसहित अन्य माध्यमबाट प्रचारप्रसारका गतिविधि गरिएसँगै अहिले दैनिक एक सयदेखि एक ५० जनासम्म पर्यटक यहाँ पुग्ने गरेका छन् । वरपर जङ्गलैजङ्गलले घेरिएकाले विभिन्न प्रजातिका चराचुरुङ्गीका साथै रमणीय दृश्य, सुन्दर हिमालहरू अवलोकन गर्न पर्यटक आउने गरेका उहाँले जानकारी दिनुुभयो ।

पदयात्रा र हाइकिङ रुचाउने पर्यटकहरू कास्कीको पर्यटकीय गुरुङ गाउँ ताङतिङबाट करिब चारदेखि छ घण्टाको पदयात्रा गरेर कप्रुडाँडा पुग्छन् । पछिल्लो समय यहाँ पुग्ने मोटरबाटो बनेपछि कतिपय निजी सवारीसाधन लिएर यहाँ आउने गरेका पर्यटन व्यवसायी गुरुङले बताउनुभयो । पोखराका साथै काठमाडौँ, भक्तपुर, बुटबललगायत स्थानबाट पनि हिमाल हेर्न आन्तरिक पर्यटक यहाँ आउने गरेका उहाँले उल्लेख गर्नुभयो ।

यस वर्षको क्रिसमस (पुस १० गते) बुटवलबाट १० जना युवा मोटरसाइकल लिएर यहाँ आएका थिए । यसअघि सामाजिक सञ्जालबाट जानकारी पाएको बताउँदै यहाँ आएपछि देखिएका हिमाली दृश्य, मनमोहक प्राकृतिक सुन्दरता, स्थानीय परिकारका स्वादसहितका खानालगायतले थप प्रभावित बनाएको युवा सुमन थापाले उल्लेख गर्नुभयो ।

“मोटरसाइकलबाट आउन सकिने कप्रुडाँडा हिमाल हेर्न, गुरुङ सम्पदा र रहनसहन बुझ्न, वातावरणीय सुन्दरता नियाल्न उत्कृष्ट गन्तव्य रहेछ”, अनुभव सुनाउँदै उहाँले भन्नुुभयो, “यस्ता ठाउँहरूको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनतर्फ सरोकार भएका निकाय र राज्यले ध्यान दिनु आवश्यक छ । यसले मुलुकको पर्यटन प्रवर्द्धन हुनुका साथै आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ ।”

विशेषतः केही वर्षयता हिउँ परेका समयमा पोखरा र आसपासका क्षेत्रबाट यहाँ आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने होटल व्यवसायी बताउँछन् । हिउँ परेपछि डाँडाका होटेलदेखि तल रहेको ताङतिङ गाउँमा पनि पर्यटकको घुइाचो अत्यधिक हुने होटल मिडनाइट क्याम्परर्सका सञ्चालक गुरुङले जानकारी दिनुभयो । “हिउँ परेको समयमा ताङतिङ वा कप्रुमा बास बसेर भोलिपल्ट दिनभर हिउँ खेली पर्यटकहरू फर्कने गर्दछन्”, उहाँले भन्नुभयो ।

पर्यटकको आगमन बढ्न थालेपछि कप्रुडाँडामा चारवटा सुविधासम्पन्न होटेल सञ्चालनमा ल्याइएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ आएका पर्यटकलाई बेलुकाको चिया मकै, खाना, सुत्ने टेन्टको व्यवस्थासँगै भोलिपल्ट बिहानको खाजा, चियासमेत गरी रु एक हजार पाँच सयको प्याकेज निर्धारण गरिएको छ ।

समुद्री सतहबाट दुई हजार नौ सय मिटर उचाइमा रहेको कप्रुडाँडालाई गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गअन्तर्गत समेट्दै यसको प्रवर्द्धनमा जोड दिएको सङ्घका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो । पदयात्रा मार्गअन्तर्गत यही पुसको दोस्रो साता सिक्लेसबाट कपुचे–कोरी–ठूलोलेक–क्होलासोथार हुँदै कप्रुडाँडा र त्यहाँबाट याङ्जाकोटसम्मको प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न गरिएको उहाँले जानकारी दिनुुभयो ।

सङ्घका अध्यक्ष गुरुङका अनुुसार क्होलासोथार पुगेका पदयात्रीहरू त्यहाँबाट करिब चार घण्टा हिँडेर पुगिने तप्रामा बिहानको खाना खाएपछि थप पाँच घण्टा डाँडैडाँडा, पहाड, जङ्गल र हिमाल हेर्दै कप्रुडाँडा पुग्दछन् । गुराँसे जङ्गल, रङ्गीवीरङ्गी फूल, चराचुरुङ्गीको आवाजसँगै हिमालको दृश्यावलोकन गर्दै पदयात्रा गर्नु यहाँको विशेषता रहेको उहाँले बताउनुभयो ।

भेँडीगोठ, नुन लिन जाने मार्ग, बस्तीसँगको परम्परागत सम्बन्धलगायत कारणले कप्रुडाँडालाई गुरुङ सम्पदा पदमार्गका रूपमा प्रवर्द्धन र विकास गर्न खोजिएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किशमकुमारी गुरुङले बताउनुभयो ।

पछिल्ला समय जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्गहरू छोटिएको अवस्थामा कप्रु र आसपासका क्षेत्रलाई गुरुङ सम्पदा पदमार्गसँग जोड्दै यी स्थलहरूको प्रवर्द्धन र विकासलाई सङ्घले प्राथमिकतामा राखी विविध गतिविधि गर्दै आएको सङ्घ गण्डकी प्रदेशका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सङ्घको यस काममा स्थानीय, प्रदेश र सङ्घीय सरकारका साथै सरोकार भएका सबैले सहयोग र समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Previous Post

बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

Next Post

महालक्ष्मी विकास बैंकद्धारा अटिजम सिकाई केन्द«लाई सहयोग

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
महालक्ष्मी विकास बैंकद्धारा अटिजम सिकाई केन्द«लाई सहयोग

महालक्ष्मी विकास बैंकद्धारा अटिजम सिकाई केन्द«लाई सहयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In