लक्की मारवत– पाकिस्तानको बन्नु जिल्लाको जानिखेल नगरमा दुई हतियारधारी समूहबीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ । जानिखेल मण्डीमा दुवै समूह बीच गोली प्रहार भएको प्रहरीले जनाएको छ । मृतक मध्ये एक जना अताउल्लाह इशाक समूहका रहेको प्रहरीले जनाएको छ ।
झडपमा अख्तर मोहम्मद समूहका दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई स्थानीय अस्पतालमा लगिएको र स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी खटिएको प्रहरीले जनाएको छ ।
दक्षिणी बन्नु जिल्लाको जानिखेल सहर गत वर्ष चार बालक र आदिवासी प्रमुखको हत्याको विरोधमा आदिवासीले धर्ना दिएपछि चर्चामा रहेको थियो ।













