पोखरा, २१ पुस । पोखरामा करेन्ट लागेर बिहीबार बिहान एक युवकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका –१ माथिल्लो दीप स्थित आफ्नै घरको छतमा नजिकैको हाईटेन्सन लाइनको करेन्ट लागेर १९ वर्षीय श्रम गुरुङको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
कार्यालयका अनुसार बिहान ९ ः३० बजेको समयमा गुरुङलाई साढे दुई तलाको घरको छतमा जाने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएको गुरुङलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रह।ीले जनाएको छ ।













