• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राहत प्रक्रिया सजिलो बनाइ दिन बाँकेका वन्यजन्तु पीडितको माग

by
१४ पुस २०८१,
0
राहत प्रक्रिया सजिलो बनाइ दिन बाँकेका वन्यजन्तु पीडितको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँके । ‘मेरो खोरमा बाँधेको खसी बाघले खाएको महिनौं बितिसकेको छ, अहिलेसम्म राहत पाएकी छैन’, राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरकी सीमा केसीले भनिन्, ‘बाख्रापालनबाट गरेको आम्दानीले घरखर्च चलाउँदै आएकी छु ।’

वन्यजन्तुले वस्तुभाउ मारेपछि सरकारबाट राहत पाइन्छ भन्ने थाहा पाएकी केसीले सोहीअनुरुप कागजात जम्मा गरेर बुझाउँदा पनि समयमा आफूले राहत नपाएको गुनासो गरिन् । राहत पाउने प्रक्रिया सहज बनाउनु पर्ने उनको माग छ । केसीले प्रक्रिया लामो र झन्झटिलो भएकामा दुखेसो पोखिन् । ‘मैले सबै कागजात बुझाएकै छु, राहत पाउँछु भन्ने आशा छ । तर समय धेरै लाग्ने रहेछ । कागजात बुझाएको हप्ता–दश दिन लाग्ने व्यवस्था गरिदिए सजिलो हुने थियो’, केसीले भनिन् ।

केसी जस्तै अर्का स्थानीय सीताराम जैसी पनि बँदेल र बाघले मात्र नभई सुगाले पनि बाली खाएर नोक्सानी बेहोर्नुपरेको गुनासो गरे । ‘मकैले दुधे दाना फलाउन पाएकै हुँदैन, सुगाका बथान आएर बारीभरिको मकै सखाप पारिदिन्छ’, जैसीले भने, ‘फल लाग्ला र खाउँला भन्ने आशामा बाली लगाउँछौँ । सुगाले सखाप पार्ने गरेको छ ।’ जैसीले वन्यजन्तुसँगै पंक्षीले पनि अन्नबाली स्याहार्न नदिएकाले खेतीबाली लगाउन जाँगर नै नलागेको बताए ।

सीमा र सीताराम जस्तै सोही ठाउँका पदमी पुनले ऐलानी जग्गा भएका कारण राहत पाउन नसकेको बताए । ‘वन्यजन्तुबाट पीडित भएर राहत पाउनलाई खेतबारी पनि नम्बरी हुनुपर्ने रहेछ । ऐलानी भएकाले मेरो जति नै नोक्सानी भए पनि राहत पाउने कुरामा म पीडित नै छु’, उनले भने, ‘जग्गा ऐलानी, त्यसमाथि सुगाका बथानले मकै, तोरी र धानबाली सखाप पार्छ । राहत केही पाइँदैन । यसले मजस्ता गरिब किसानको जीवन झनै कठिन बनाएको छ ।’

राप्तीसोनारी–२ कचनापुरका विनोद मल्ल बाँदरको बथानले दिनदिनै घरभित्रका अन्न र पकाइएका खानेकुरा नष्ट गरिरहेका बताए । बाँदर धपाउन सधैँ कोही न कोही घरमै बस्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । ‘पकाएको खानेकुरा मात्र नभई बारीमा फलेका हरियो तरकारी पनि बाँदरले नष्ट गर्दा हामी हैरान भएका छौँ । बाँदरले पुर्‍याउने नोक्सानीबाट जोगिन पनि एकजनाले घर कुरेर बस्नुपर्ने बाध्यता छ ।’

कचनापुरकै सङ्गीताकुमारी थारूको पनि वन्यजन्तुका कारण भोग्नुपरेको पीडा उस्तै छ । ‘पहिले घरमा कुखुरा पाल्थ्यौँ, तर स्यालले खोरबाटै तानेर लैजान थालेपछि अहिले पाल्नै छाडेका छौं’, उनले भनिन्, ‘घर कुरेर बस्ने हो भने स्कुल छुट्छ, स्कूल र अन्य कामका लागि बाहिर जाने हो भने घरखेतमा वन्यजन्तुको रजाइँ हुन्छ । वन्यजन्तुका कारण हामी पीडित छौँ ?’ वन्यजन्तुकै कारण पीडित सोही ठाउँकी मनकामना थारूले राहत प्रक्रियाका लागि आवश्यक कागजात र कार्यालय धाउँदा समय र पैसा दुवै खर्चिलो हुने गरेको बताइन् । उनले भनिन्, ‘कागजात जुटाउन र कार्यालय जान जति खर्च हुन्छ, राहतको रकमले त्यसलाई पनि धान्दैन । पीडित परिवारले राहतका लागि निवेदन दिन समेत छाडेका छन् ।’

बाँकेको राप्तीसोनारी–२ स्थित वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष कृष्ण केसीले स्थानीयका समस्या समाधान गर्न आफूहरूको ध्यानाकषर्ण भएको बताए । उनले राहत प्रक्रियाका क्रममा स्थानीयले भोगेका समस्या समाधान गर्न सम्बन्धित निकायमा समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे ।

वन्यजन्तुबाट पीडित टिकुलीपुर र कचनापुरका स्थानीयले राहत प्रक्रियामा अन्य कागजातसँगै स्थायी लेखा नम्बर माग्दा समयमा राहत पाउन नसेकाले प्रक्रिया सहज बनाउन माग गरेका छन् । घर र सामुदायिक वन अनि वनसँगै जोडिएको बाँके निकुञ्जकै कारण निकुञ्जका वन्यजन्तुले सहज रूपमा घरगोठमा बाँधिराखेका वस्तु मारेर खाइदिँदा त्यहाँका स्थानीय चिन्तित छन् । उनीहरु राहत समेत समयमै नपाउँदा पीडित भएको बताउँछन् ।

Previous Post

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु, २ जनाको उद्धार

Next Post

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

सम्बन्धित खबर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक
फिचर-ब्यानर

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

८ चैत्र २०८२,
परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै
टुरिजम

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

८ चैत्र २०८२,
ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन
आवाज

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

८ चैत्र २०८२,
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
आर्थिक

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत्र २०८२,
हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै
आवाज

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

८ चैत्र २०८२,
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
Load More
Next Post
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In