• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जैविक खेती प्रणालीमा जुट्दै भोजपुर भुल्केका किसान

by
१२ पुस २०८१,
0
जैविक खेती प्रणालीमा जुट्दै भोजपुर भुल्केका किसान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर। रामप्रसादराई गाउँपालिका–३ भुल्केका किसान जैविक खेती प्रणालीमा जुटेका छन् । विषादीरहित कृषिबाली उत्पादन गर्ने उद्देश्यले किसान जैविक खेती प्रणालीमा जुटेका हुन् ।

रामप्रसादराई गाउँपालिका तथा वडा कार्यालयले अभियान सञ्चालन गरेर यहाँका अगुवा किसानलाई जैविक खेती प्रणालीका विषयमा आवश्यक तालिमसँगै सामग्री वितरण गरेपछि किसान यो खेती प्रणालीप्रति आकर्षित भएका हुन् ।

गाउँपालिकाको कृषि शाखाले यहाँका आठ वडामा जैविक खेती प्रणाली तथा जैविक विषादी बनाउने, स्थानीयस्तरमा पाउने कच्चा पदार्थको प्रयोगबाट प्राङ्गारिक मल बनाउनेलगायत विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको रामप्रसादराई–३ भुल्केका वडाध्यक्ष रामु थापामगरले जानकारी दिए ।

बजारमा बाहिरी जिल्लाबाट आउने विषादीयुक्त तरकारी तथा कृषि उपजको आयात बढेपछि किसानलाई जैविक खेती प्रणालीमा जोड दिइएको वडाध्यक्ष थापामगरले बताए।

“हामीले यहाँ जैविक खेती प्रणालीमा जोड दिएका छौँ”, वडाध्यक्ष थापामगरले भने, “किसानलाई अभ्यास गराएर जैविक खेती प्रणाली तथा जैविक मल, विषादी बनाउने विषयमा आवश्यक तालिमसँगै साम्रगी पनि वितरण गरिरहेका छौँ । अहिले किसान जैविक खेती प्रणालीमा जुटेको अवस्था छ, यो अभियान भावी दिनमा पनि जारी राख्छौँ ।”

बढ्दो रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै किसानलाई जैविक खेती प्रणालीमा जोड्नका लागि आवश्यक सामग्री वितरणसँगै तालिम दिएको हो । यहाँका आठवटा वडाका अगुवा किसानलाई लक्षित गरेर अभ्यासमूलक जैविक खेती प्रविधिका विषयमा सीप प्रदान भइरहेको छ ।

गाउँपालिकाले जैविक खेती प्रणालीसम्बन्धी तालिम दिएपछि यो खेती प्रणालीमा लाग्न सहज भएको स्थानीय अगुवा किसान गोपाल खड्काले बताए । जैविक खेती प्रणालीसम्बन्धी प्राविधिकहरूबाट अभ्यासमार्फत सीप लिन पाउँदा सिकाइ उपलब्धिमूलक बनेको उनको भनाइ छ ।

“स्थानीय सरकारबाट हामीले जैविक खेती प्रणालीमा लाग्नको लागि तालिमसँगै आवश्यक प्राविधिक सहयोग पाएका छौँ”, उनले भने, “प्राविधिकहरूबाट मैले जैविक खेती प्रणालीका विषयमा धेरै ज्ञान लिने अवसर पाएँ । स्थानीयस्तरमा पाइने वस्तुको प्रयोग गरेर धैरे खालका मल तथा विषादी बनाउन सकिने रहेछ ।”

अगुवा किसानलाई बारीमा नै अभ्यास गराएर जैविक खेती प्रणालीसँगै स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोगबाट प्राङ्गारिक मल, विषादी बनाउनेलगायत विषयमा सीप प्रदान गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख धिरज ठाकुरले बताए। किसानलाई जैविक खेती प्रणालीमा लाग्न आवश्यक पर्ने सामग्री पनि वितरण गरिएको उनी बताउँछन् ।

किसानलाई जैविक उत्पादनको महत्व तथा यस्ता उत्पादनले मानव जीवनमा पुर्याउने फाइदाका विषयमा जानकारी दिँदै आएको उनी बताउँछन् ।

“स्वास्थ्य जीवनशैलीका लागि हामीले जैविक खेती प्रणालीमा जोड दिन आवश्यक छ”, उनले भने, “किसानमा जैविक खेती प्रणालीका विषयमा ज्ञान नहुँदा पनि रासायनिक मलको बढी प्रयोग हुने गरेको अवस्था छ । हामीले यहाँका किसानलाई जैविक खेती प्रणालीका विषय आवश्यक ज्ञान प्रदानसँगै यो प्रविधिको विषयमा जानकारी दिएका छौँ । किसान अहिले उत्साहका साथ जैविक खेती प्रणालीमा जुटेका छन् ।”

किसानलाई कृषिमा आत्मभिर्नर बनाउने लक्ष्यका साथ गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएर अघि बढेको गाउँपालिका अध्यक्ष थामबहादुर राई बताए। गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेर किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा पनि सहयोग गर्दै आएको उनले बताए ।

Previous Post

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

Next Post

प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा, बन्न थाल्यो पर्यटकहरूका लागि आकर्षक गन्तव्य

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा, बन्न थाल्यो पर्यटकहरूका लागि आकर्षक गन्तव्य

प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा, बन्न थाल्यो पर्यटकहरूका लागि आकर्षक गन्तव्य

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In