• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत

by
१४ मंसिर २०८१,
0
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

उल्भरह्याम्टन (बेलायत) । रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । सुनौलो र सुनिश्चित भविष्यको आशामा बेलायत आइपुगेका कार्कीको मनमा मडारिएको अनिश्चित र अन्योलपूर्ण भाव अनुहारमा प्रष्ट देखिन्थ्यो ।

“सुरुमा त बेलायत जाने भनेपछि खुसीको सीमा थिएन, भिसा पनि लाग्यो, घरपरिवार र साथीभाइबाट पनि बधाई आएको थियो” उनले मलिनो अनुहारमा भने, “तर यहाँ आइपुगेपछि भने यहाँको अवस्था बुझ्दा आङ् नै सिरिङ भयो, अब कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपियो । अब आई नै सकेँ, जे त होला । राम्रै होला भन्ने आशा गरौँ ।”

आफन्तको सहयोगमा उल्भरह्याम्टन डब्लुभिथ्रीस्थित एक घरमा कोठा फेला पारेका कार्कीले बस्नकै लागि त कुनै समस्या भोग्नुपरेन तर अब कसरी कलेजको पढाइ र खर्चको व्यवस्थापनका लागि कामको खोजी गर्ने हो उनको मनमा त्रासको तुवाँलो मडारिएको छ । कार्कीलाई सहयोग गर्ने आफन्त लक्ष्मी दुलालले विद्यार्थीलाई काम पाउन निकै मुस्किल भएको अनुभव सुनाए ।

“केही समययता विद्यार्थीका लागि काम पाउन निकै गाहे छ, बल्लबल्ल काम पाए पनि विश्वविद्यालय र कामको समय मिलाउन निकै सकस छ”, उनले भने, “झण्डै एक वर्षअघि विद्यार्थी भिसामै बेलायत आएकी लक्ष्मीलाई बेलायत सरकारले बढाएको शुल्क र विद्यार्थीले काम पाउन भोग्नुपर्ने समस्या विकराल भएको अनुभव ताजै छ ।”

कार्की बेलायत पुगेकै दिन उत्रिएका अर्का विद्यार्थी सुुयोग गिरीले पनि आफूले यहाँ कोठा नपाएको भन्दै नेपाली विद्यार्थी इन युके समूहमा सहयोगको याचना गरेका छन् । उनले आफू पढ्ने क्याम्पसको नाम नै उल्लेख गरेर आफ्नो नम्बरसमेत राखेर सहयोगका लागि आग्रह गरेका हुन् । अर्का विद्यार्थी दीपक यादवले पनि सोही समूहमा आफू भर्खरै आएको भन्दै बस्ने कोठाका लागि अपिल गरेका छन् ।

केही अपवाद छाडेर काम र कोठाका लागि नै सङ्घर्ष गर्नुपर्ने अवस्था बेलायत आउने हरेक विद्यार्थीको नियति बनेको छ । पहिलो कुरा कोठा पाउनै सकस, त्यसपछि कमाएरै क्याम्पसको शुल्क तिर्ने र बेलायत आउँदा लागेको खर्च पनि केही महिनामै उठाउने सोच बोकेर यहाँ आइपुगेका विद्यार्थीहरु मानसिक स्वास्थ्यको शिकार पनि बन्ने गरेका छन् ।

एक महिनाअघि सेप्टेम्बर इन्टेकमा बेलायत आइपुगेका प्रितम् गिरी आफ्नो बर्मिङ्घमस्थित कलेज नजिकै बस्दै आएको कोठा महङ्गो भएकाले छोडेर उल्भरह्याम्टन सरे । ‘‘कोठा भाडा महङ्गो छ, त्यसमाथि काम पाइँदैन । घरबाट मगाएर कतिन्जेल टार्ने’’ उनले भने । उनी पनि कामको खोजीमा छन् । केही दिन पहिलेदेखि उनले एक रेस्टुरेन्टमा ‘क्यास इन ह्यान्ड’ काम थाले पनि प्रतिघण्टाको पारिश्रमिक एकदमै कम छ । उनले पनि विद्यार्थीले कानुनीरुपमा गर्न पाउने हप्ताको २० घण्टा काम अझै पाएको छैन ।

वार्षिकरुपमा बढ्दो चर्को विश्वविद्यालयको शुल्क, शैक्षिक परामर्शदाताले दिलाएका झुठा आश्वासन, परिवारप्रतिको दायित्व, भाषा र भौगोलिक ज्ञानको अभावजस्ता कारण पनि कतिपय विद्यार्थी तनाव र डिप्रेसनसम्मको समस्या सामना गर्न बाध्य छन् ।नेपाली समाज वेष्टमिड्ल्याण्डका अध्यक्ष भीम शर्माको अनुभवमा आवश्यक तयारीबिना विद्यार्थी बेलायत आउने भएको कारणले समस्यामा बढ्दै गएको छ ।

“बेलायत आउनुअघि हुनुपर्ने आधारभूूत ज्ञानको अभावमा नेपाली विद्यार्थी धेरै समस्यामा पर्ने गरेका छन्”–उनले भने, “सकेसम्म समस्या नदेखाउने र हार खाने अवस्थामा पुगेपछि सामाजिक सञ्जाल र नेपाली समूहमा हारगुहार गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो छ ।” सकेसम्म समस्यामा परेका नेपालीका लागि आवश्यक सहयोग गर्ने तर समाजमा आवद्धहरुको पनि आफ्नै सीमितताका कारण ठूलो सहयोग गर्न नसकिने उनको भनाइ छ । नेपाली राजदूतावास बेलायतका प्रवक्ता रोशन खनालले ‘भिसा त लागोस् बाँकी भोगौंला’, भन्ने प्रवृति मुुख्य समस्याको रुपमा देखिएको बताए ।

“कुन विषय पढ्ने ?, कुन विश्वविद्यालयमा पढ्ने ?, उनले प्रश्नको शैलीमा भने, “सो ठाउँमा कामको सम्भावना र बस्ने ठाउँको अवस्था के छ ? समस्या पर्दा सहयोग गर्ने कोही छ कि छैन् ? लगायतका विषयमा आधारभूत ज्ञानसमेत नलिइकन बेलायत आउनेहरुले धेरै समस्या भोग्नुपरेको छ ।”काम गरेर कलेजको शुल्क तिर्छु र यहाँ आउँदा लागेको खर्चसमेत केही महिनामै उठाउँछु भन्ने सोच बोकेर बेलायत पुग्ने अधिकांश विद्यार्थी मानसिक समस्यामा पर्नु मुख्य कारण भएको उनले बताए । यतिबेला बेलायतमा विद्यार्थीले काम नपाउने र पाए पनि २० घण्टा काम गरेर पढेको शुल्क तिर्छु र नेपालमा पनि पठाउँछु भन्ने सोचले आएका विद्यार्थीहरुले समयमै विश्वविद्यालयको शुल्क तिर्न नसकेपछि केही समयका लागि समन्वय गरिदिन आग्रह गर्नेहरुको संख्या बढेको उनको भनाइ छ ।

उनका अनुसार उल्भरह्याम्टन, बर्मिङघम, लण्डनलगायतका विभिन्न क्षेत्रका विश्वविद्यालयबाट विद्यार्थीहरुले काम नपाएको र शुल्क तिर्न समस्या भएको गुनासो सुनिएको छ । “नचलेका र जुनसुकै विषयमा भए पनि भिसा लगाउनकै लागि ग्रामीण कलेजमा पढ्न आउनेहरु समस्यामा पर्ने गरेका छन्”–उनले थपे, “बस्ने ठाउँ, पढ्ने ठाउँ र काम पाउने ठाउँको दूरी व्यवस्थापनमै धेरैलाई समस्या भइरहेको छ ।” कतिपयलाई बेलायत आउन पाए पुग्ने, पढ्ने विषय, विश्वविद्यालयबारे समेत पर्याप्त जानकारी नभएको सुनाउँदै उनले भने, “कतिपयलाई यहाँको यथार्थ भन्दा समेत जाने गएकै छन् राम्रै भएको छ, मलाई चाहीँ के नराम्रो होला भन्ने ठानेर दुुःख पाएको जस्तो लाग्छ ।”

लण्डनभित्रकै कलेज हो भनेर शैक्षिक परामर्शदाता कम्पनीले दिएको गलत र भ्रमपूर्ण जानकारी विद्यार्थीका लागि घातक हुने गरेको पाइएको छ । प्रक्रियाका क्रममा भिसा मात्रै लागोस् भन्ने चाहना राखेका विद्यार्थीलाई भिसा लागेपछि मात्रै कुन विश्वविद्यालय हो भन्ने थाहा हुन्छ, त्यसपछि पनि त्यसको भौगोलिक अवस्था र सम्भावनाबारे बुुझ्दा समस्या भएको हुुनसक्छ ।

लामो समयदेखि नेपाली विद्यार्थीका समस्यालाई नजिकबाट नियालिरहेको नेपाली विद्यार्थीहरुको छाता संस्था मर्जिङनेप्ससका संस्थापक अध्यक्ष पवन कँडेलले सेप्टेम्बर इन्टेकमा बेलायतमा विश्वभरबाट हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी उच्चशिक्षाका लागि आउने भएकाले कोठा र काम पाउन कठिन रहेको बताए ।

“सेप्टेम्बर र जनवरी इन्टेकमा विश्वभरबाट गुणस्तरीय शिक्षाका लागि हजारौं विद्यार्थी बेलायत आउँछन्, विश्वका उत्कृष्टमध्यमै पर्ने बेलायतमा रहेका १३० भन्दा बढी मुख्य विश्वविद्यालयमा आउने हजारौँ विद्यार्थी सबै राम्रो उच्च शिक्षाकै उद्देश्यकै कारण नआउने गरेका छन्”, उनले भने, “त्यसमा पनि नेपाललगायत कम आय भएका देशका केही विद्यार्थीबाहेक अधिकांशको उद्देश्य पढाइभन्दा पनि कसरी बेलायत प्रवेश गर्ने भन्ने मात्रै सोचेको देखिन्छ ।”

अध्यक्ष कडेँलले बेलायतका विश्वविद्यालयलाई विद्यार्थीको लोभ र शैक्षिक परामर्शदाता कम्पनीले पाउने २० देखि २५ प्रतिशत कमिसनको चेपुवामा विद्यार्थीहरु पर्ने गरेका छन् । त्यसमाथि नेपालबाट आउँदा बेलायत भित्र्याउन पाउने सीमित पाउण्ड र बेलायतको बढ्दो महङ्गीकै कारण विद्यार्थीहरु बढी समस्यामा पर्ने गरेका सुनाए ।

“यहाँ पढ्नकै लागि आउने हो, पढाइलाई किनारामा राखेर पैसा कमाउने लक्ष्य हो भने त्यो सम्भव छैन भनेर बुझ्न आवश्यक छ” उनले भने, “अधिकाश नेपाली विद्यार्थी काम गरेरै खर्च चलाउने, विश्वविद्यालयको शुल्क बुझाउनेदेखि नेपाल पैसा पठाउनेसम्म सपना देखेर बेलायत आउने गरेका छन् । त्यो पूरा हुन निकै कठिन छ ।”

बेलायतमा अध्ययनरत विदेशी विद्यार्थीले साताको २० घण्टा काम गर्न पाउँछन् । वर्षमा केही महिना विश्वविद्यालय बिदा हुँदा सबै समय काम गर्न छुट छ तर, अहिले महिनौंसम्म काम नपाउने, नेपालबाटै मगाएर खर्च चलाउनुपर्ने जस्ता अवस्था सामान्य बनेका छन् । नेपाली, भारतीय र पाकिस्तानी कम्पनी तथा रेष्टुुरेन्टमा काम गर्नेहरुले पनि धेरै समय काम गरेर अत्यन्तै न्यून पारिश्रमिक पाउने गरेका छन् ।

कानूनीरुपमा उनीहरुले २० घण्टामात्रै काम गर्न पाउने भएकाले विद्यार्थीहरु जति पाए पनि केही नबोली गर्न बाध्य छन् । रोजगारदाताहरुको रोजाइमा पूर्णकालीन काम गर्न सक्ने, जुनसुकै दिन र समयमा उपलब्ध हुने तथा भाषा र कामको अनुभव भएकाहरूलाई प्राथमिकता दिने भएकाले विद्यार्थीहरुले सहजै काम गर्न कठिन हुने गरेको छ ।

नेपालबाट अध्ययनका लागि कति विद्यार्थी बेलायत आएका छन् भन्ने यकिन तथ्याङक नहुँदा समस्याको वास्तविक पहिचान गर्न सहज नभएको लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता प्रवक्ता रोशन खनालको भनाइ छ । यसै वर्षदेखि ‘पोस्ट ग्राजुएट रिसर्च कोर्स’बाहेक अन्य कोर्समा आउँदा डिपेन्डेन्ट ल्याउन नपाइने नियम बनाएपछि विद्यार्थीहरुका लागि झनै समस्या भएको छ । तर पनि शैक्षिक परामर्शदाताले यथार्थ जानकारी नदिनु र लहडको भरमा विदेसिने प्रवृत्ति बढ्नुले नेपाली विद्यार्थीले अन्य देशमा पुुगेर समस्या भोग्नुपर्ने क्रम बढेको छ ।

Previous Post

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ : अर्थमन्त्री

Next Post

ऐतिहाँसिक गाजाको दह : पानी सुक्नथालेपछि स्थानीयवासी चिन्तित

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
ऐतिहाँसिक गाजाको दह : पानी सुक्नथालेपछि स्थानीयवासी चिन्तित

ऐतिहाँसिक गाजाको दह : पानी सुक्नथालेपछि स्थानीयवासी चिन्तित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In