काठमाडौं ः नबिल बैंक र मिडास एजुकेशनप्रालिबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै नबिलकाग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमाविशेष छुटहरू प्राप्तगर्न सक्नेछन् ।
नबिलकाग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैंयामाप्राप्तगर्न सकिनेछ भने ट्युसन, गृहकार्यमा मद्दतहुने कक्षा, र परीक्षातयारीकाकक्षाहरूमा २५% छुट प्राप्तगर्न सकिनेछ ।
बैंकले यस समझदारी पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्म मार्फत शिक्षण सिकाइक्रियाकलापमाविशेष छुट प्रदानगर्नु रहेको बताएको छ । मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो जसमा ट्यूटोरियल भिडियोहरू र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तरक्रियात्मक रुपमाविकास गरेका हुन्छन् ।













