नयाँ दिल्लीः भारत र जापानले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । भारत र जापानले पहिलो चोटी हवाई सैन्य अभ्यास गर्न लागेका हुन् । उक्त सैन्य अभ्यास जापानको ह्याकुरी र इरुमामा जनवरी १६ देखि २६ सम्म सञ्चालन हुनेछ ।
हवाई सैन्य अभ्यासको लागि भारतले चार ओटा सुखोई–३० एमकेआई, दुईओटा सी–१७ ग्लोबमास्टर–थ्री एयरक्राफ्ट र एउटा आईएल मीड एयर रिफ्युलर प्रयोग गर्ने छ । यसको साथमा १५० जना सैनिक उक्त अभ्यासमा सहभागी हुनेछन् ।
यस्तै, जापानले उक्त अभ्यासमा एफ–२ र एफ–१५ फाइटर जहाज प्रयोग गर्ने छ । यो सैन्य अभ्यासले दुई देश बीचको द्धिपक्षीय सैन्य सहयोग अझ प्रगाढ हुने विश्वास लिइएको छ ।













