कुरा त्यो बेलाको हो जब अँग्रेजले गान्धीलाई जेलमा थुनेर राखेका थिए । त्यो जेलको नियम थियो, कुनै कैदीसँग कसैले भेट गर्नुपरेमा त्यहाँको एउटा अधिकारी त्यहीँ बसिरहन्छ ।
एक दिन कस्तुरमा महात्मा गान्धीसँग भेट गर्नको लागि जेलमा गइन् । जेलको नियमअनुसार त्यो बेलामा पनि जेलर उनीसँगै गयो । तर जेलरले आफू त्यहाँ बस्नाले उनीहरु दुईले खुलेर कुरा गर्न सक्दैनन् भन्ने सोचेर बाहिर गयो ।
भेटघाटको समय पूरा भएपछि जलेर आयो तब दुवैजना चुपचाप उभिरहेका थिए । यो देखेर उसले सोध्यो, तपाईंहरु दुवै किन चुपचाप बस्नुभएको ?
गान्धीले भने, मलाई जेलको नियम थाहा छ, यसैले तपाईंको अनुपस्थितिमा हामी कसरी कुरा गर्न सक्छौ ?
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













