सुरापान (जाँड, रक्सी आदि मादक पदार्थ) सेवन गर्नाले सम्पत्तिको विना हुन थाल्दछ ।
कुबेलामा घुम्न जानाले पनि सम्पत्तिको विनाश हुन थाल्दछ ।
नाच (सिनेमा, थियटर, टि.भी. आदि) हेर्ने गर्नाले पनि सम्पत्तिको विना हुन थाल्दछ ।
चित्त प्रमोद हुने, जुवा, तास, त्रिपासा आदि खेल्नाले पनि सम्पत्तिको पनि सम्पत्तिको विनाश हुन थाल्दछ ।
कुमित्र (कुसंगत) को संगत गर्नाले पनि सम्पत्तिको विनाश हुन थाल्दछ ।
अल्छी भएर बस्नु पनि सम्पत्तिको विनाश हुनुको लक्षण हो । जुन प्रकारले सम्पत्ति नाश भए पनि त्यसको डाह र चिन्ताले चरित्र बिगार्दछ । चिन्ता नै चिता हो भन्ने उक्तिलाई यसले चरितार्थ गर्दछ । चरित्र निर्माण सम्बन्धमा माथि भनिएका कुराहरु नबिराई बचेर पालन गर्न सकेमा मानिस इच्छाएको फल प्राप्त गर्न योग्य हुन्छ ।
विनासका कारणबाट पनि चरित्रमा धक्का पुग्दछ । राम्रो चरित्र निर्माण गर्न समाज र परम्पराले नकारेका कार्य गर्नु हुँदैन । सकारात्मक काम र कर्मद्वारा सम्पूर्ण गुणहरुबाट चरित्र निर्माण गर्नु पर्दछ ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट













