दिनैपिच्छे र त्यसमा पनि परिकारैपिच्छे प्रयोगमा ल्याइने हुनाले नजिकको तीर्थ हेला भनेझैँ मरमसलाको महत्व पनि ओझेलमा परेको हुनसक्छ, साथै यसका चामत्कारिक गुणहरु थाहा नहुन सक्छन् ।
मसला स्वाद, रस, व्यञ्जन, परिकार, मिठास र रुचिका लागि प्रकृतिको सर्वाेत्तम उपहार हो ।
मसलामा कुपोषण निवारण गर्न सक्ने चामत्कारिक शक्ति हुन्छ ।
घर आँगन तथा भान्सा परिसरमा सुगन्धित वातावरण बनाई प्रसन्नचित्त रहन मद्दत गर्दछ साथै कृमिकीटहरु टाढा भगाउँछ ।
वाटिका, बगैँचा, करेसा या गमलामा रोपिएका मसलाजन्य विरुवाहरुको सुगुन्धले छेउछाउका कृमिकीटक, किराफट्याङ्ग्रा तथा सूक्ष्म ब्याक्टेरिया उन्मुलन गर्न सहयोग पु-याउँछ ।
खानेकुरा तथा परिकारहरुलाई सुन्दर, सुस्वादिष्ट, सुमधुर र आकर्षक बनाउँछ ।
गमलामा रोपिएका मरमसलाले घरआँगन सजाउन सहयोग पु¥याउँछन् ।
आयुर्वेदअनुसार मरमसलाजन्य वनस्पतिहरुमा औषधि, अनुपान (औषधिजन्य खान मिल्ने), रसायन र पोषक तत्वजस्ता गुणविशेषताहरु विद्यमान हुन्छन् ।
जानेर खाँदा महा औषधि तर नजानी प्रयोग गर्दा मसला विषालु र नशालु वस्तु हो ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













