१) वास्तविक प्रयोगशाला मन हो, जहाँबाट मायाको पर्दा पछाडीबाट प्राकृतिक सत्यको नियमलाई खोजेर निकाल्न सकिन्छ ।
२) भक्ति र ज्ञान मूलतः एउटै हो । प्रपत्ति— ईश्वरको आश्रय लिनु र शरणागति ईश्वरको अनुकम्पाका प्रति सम्पूर्ण भावले आत्म–समर्पण वस्तुतः सर्वाेच्च ज्ञानकै पथ हुन् ।
३) ईश्वरको रुप नै आनन्दमय छ । उनका साथ एकात्मबोध गर्नाले मनुष्यलाई सहज र असीम आनन्दलाभ हुन्छ । आत्मा र संकल्पको पृथक भावावेश आनन्द हो ।
४) काल नाटक जस्तो हुन्छ । अतीत, वर्तमान र भविष्य त्यसका परिवर्तनमान दृश्य हुन् ।
५) इन्द्रियको प्रलोभनको तुलना सदावहार करबीरको रुखसँग गर्न सकिन्छ, जो सधैँ रंगिविरंगी फूलका बास्ना फिजाउँछ, तर त्यसको एक एक अङ्ग विषले भरिएको हुन्छ ।
६) जुन तृप्ति र आनन्दको प्राप्तिका लागि मानिसहरु अन्धा झैँ बाहिर हजारौँ दिसाहरुमा छाम्दछन्, त्यसको उद्गम स्थान त अन्तर प्रदेशमा नै छ ।
७) जो श्रेष्ठ साधक यस पृथ्वीमा छँदा आत्मसाक्षात्कार गर्दछन् तिनले सांसारिक कर्तव्य पनि निष्ठापूर्वक गर्दै आफ्नो अपूर्व आन्तरिक शान्तियुक्त ब्रह्मानन्द सागरमा निमग्न रहन्छन् ।
८) अविरत योग–साधना एकान्तिक भक्तिद्वारा समुचित रुपले उन्नत चैतन्यद्वारा नै साधकले सर्व–व्यापकताको मुक्तिदायी आघातलाई सहन सक्षम हुन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













