काठमाडौँ –साताको पहिलो दिन आइतबार सेयर कारोबार रकम ४ अर्ब ४ करोड नाघेको छ । यसअघि बिहीबार २ अर्ब ८६ करोडको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक भने १७.२६ अंकले बढेर २०४६ अंकमा कायम भएको छ ।
कुल १२१ कम्पनीको मूल्य बढ्दा ८७ वटाको घटेको छ भने ४ वटाको स्थिर रहेको छ । ५ कम्पनीको मूल्य १० प्रतिशत बढको छ । सिर्जनशील, खप्तड, धौलागिरि लघुवित्त, प्रभु लाइफ र अजोड इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो ।
कारोबार रकमका आधारमा नबिल बैंक, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।













