• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाली कागजः बजारमा माग धेरै, उत्पादन कम

by
१७ पुस २०७९,
0
नेपाली कागजः बजारमा माग धेरै, उत्पादन कम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हुदै आएको हो ।

कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर ल्याउनुपर्ने भए पनि आवश्यकताका आधारमा कच्चा पर्दाथ आयात गर्न नसकिएको उद्योगका सञ्चालक पासाङनिमा शेर्पाले बताए । “जङ्गलमा त खोजेजति लोक्ता पाइन्छ”, उनले भने , “तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।”

शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको झण्डै पाँच वर्ष भइसकेको छ । “बजारमा जति उत्पादन गरे पनि बिक्रीका लागि कुनै समस्या छैन”, शेर्पाले भने , “बरु कागज उत्पादनका लागि सधैँ कच्चा पर्दाथको अभाव हुने गरेको छ ।” जङ्गलबाट झिकेर ल्याएको लोक्ता उद्योगले प्रतिक्विन्टल रु १५ हजारमा खरिद गर्ने गरेको उहाँको बताउनुभयो । एक क्विन्टल कच्चा पर्दाथबाट दुई हजार थान २०–३० साइजको कागज उत्पादन हुने शेर्पाले जानकारी दिए ।

उद्योगमा अहिले परिवारका तीन सदस्यसहित १० जनाले रोजगारी पाएका छन् । शेर्पाले करिब रु आठ लाखको लागतमा उद्योग सञ्चालन गरेको बताउनुभयो । “उद्योगका लागि दक्ष कामदारलाई खाने–बस्ने सुविधासहित रु १० हजारदेखि १५ हजार तलब दिने गरेको छु”, शेर्पाले भन्नुभयो, “चर्को घाम लागेको दिन एक जना कामदारले दैनिक दुई सय पन्ना कागज उत्पादन गर्न सक्छ ।”

उद्योगले उत्पादन गरेको कागज काठमाडौँमा बिक्री हुने गरेको उहाँको भनाइ छ । “उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुने गर्दछ”, उनले भने , “बीस ग्राम कागजको प्रतिपन्ना रु २० र ४० ग्राम कागजको प्रतिपन्ना रु ४० मा नै ठूला उद्योगले खरिद गरेर लैजान्छन् ।”

उहाँले उद्योगबाट गर्मी मौसममा दैनिक एक हजार छ सय थान र जाडो मौसममा आठ सय थानसम्म कागज उत्पादन हुने बताउनुभयो । “जाडो मौसममा सुक्न अलिक समय लाग्ने भएकाले गर्मी मौसममा भन्दा कम उत्पादन हुन्छ”, शेर्पाले भने , “गर्मी मौसममा बढीमा तीन घण्टाभित्रमा जालीमा राखेको लेदो सुकेर कागज तयार हुन्छ, तर जाडो मौसममा सुक्न झण्डै पाँच घण्टा जति समय लाग्छ ।”

राम्रोसँग उद्योग चल्दा मासिक रु चार लाखसम्म उद्योगमा आम्दानी हुने गरेको शेर्पाले बताए । उद्योगले मागअनुसार कागज उत्पादन गर्दै आइरहेको सञ्चालक शेर्पाको भनाइ छ । उहाँले उद्योगका लागि चाहिने कच्चा पर्दाथ वन कार्यालयको अनुमति लिएर उत्तरी गोरखाको लाप्राक, लापु, मान्वु, खरिबोटलगायतका क्षेत्रबाट सङ्कलन गरी ल्याउने गरिएको जानकारी दिए।

उद्योगबाट उत्पादित नेपाली कागज अघिकांश सरकारी कामकाजका लागि प्रयोग हुने गरेको भए पनि थाङ्का र्कोने, धुप बनाउने, डायरी बनाउने, नोटबुक बनाउने काममा समेत प्रयोग हुने गरेको सञ्चालक शेर्पाको जानकारी दिए । ४० ग्रामका कागज भने नेपाल बाहिर निर्यात हुने गरेको शेर्पाको भनाइ छ ।

Previous Post

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

Next Post

चिसोले जुम्लाको जनजीवन प्रभावित

सम्बन्धित खबर

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
Load More
Next Post
चिसोले जुम्लाको जनजीवन प्रभावित

चिसोले जुम्लाको जनजीवन प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In