• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हिमाल जोगाउन पैरवी

by
२४ कार्तिक २०८१,
0
हिमाल जोगाउन पैरवी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैँ–सधैँ नेपाल लेख्न पाइयोस् ।

रामकृष्ण ढकालको स्वर रहेको यो गीत हरेक नेपालीको मनमनमा गुञ्जिरहन्छ । गीतले भनेको जस्तै सधैँभरि हिमाल देख्न नपाइने हो कि भन्ने डर पनि उत्तिकै छ । विश्वव्यापीरूपमा बढिरहेको जलवायु परिवर्तनको असरले सेता हिमाल कतै कालापत्थरमा त परिणत हुने होइन रु

भावी पुस्ताका लागि हिमाल थियो रे अनि हिमाल सेतै हुन्थे रे भन्ने एकादेशको कथा जस्तो त हुने होइन ? यी र यस्ता प्रश्नले गीतले भनेजस्तै बिहान उठेर हिमाल हेर्न सधैँ नपाइएला कि भन्ने चिन्ता पनि छ ।

हिमालकै कारण त हो नेपाली भू–भाग साँच्चै प्रकृतिको बेजोड सङ्गम बनाएको । यहाँका हिमालदेखि तालतलैयाले लगाएको मोहनीले त हो नि पर्या–पर्यटकको नेपाल आकर्षणको मुख्य गन्तव्य बन्न सफल भएको छ । यसैको अस्तित्व जलवायु परिवर्तनको असरले समाप्त गरेमाको पर्यटक आउला नेपाल रु अनि कस्तो देखिएला नेपाल रु हिमालको महत्व अपार भएर नै होला कवि तथा गीतकारले हिमालको महिमा बोकेको रचनाहरू रचेका ।

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराई हाम्रो सुनको टुक्रा हिमाल हीराको
माटो र पानी पहिलो धन धर्तीका छोराको ।

माधवप्रसाद घिमिरेको यो कविताको हरफले पनि हिमालको महत्वको महिमा प्रस्तुत गरेको छ । उनले सायद हिमाल नै नरहलाकी भन्ने चिन्ताले पनि होला, हिमाल रहेन भने नेपाल र नेपालीको नै अस्तित्व छैन भन्ने सन्देश कवितामार्फत दिएका छन् ।

नेपालीको मनमा अखण्डितरूपमा स्वदेश वा विदेश जहाँ बसेका भए पनि हिमाल बसेकै हुन्छ । हिमालको अस्तित्व कसरी जोगिएला भन्ने चिन्ता उत्तिकै छ । विश्व समुदायसामु पनि हामीले हाम्रो हिमाल जोगाउनुपर्छ भनेर गुहार माग्दै आइरहेका छौँ । ती धनी र विकसित मुलुकमा भएको औद्योगिक विकासका कारण वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढेर जलवायु परिवर्तनको असर विश्वभर निम्ताएको छ । हामीले गर्दै नगरेको गल्तीको सजाय हामीले भोग्नुपर्ने रु अब हाम्रो हिमाल जोगाउने जिम्मा तिमीहरूको हो भनेर नेपालले विश्व समुदायसामु आवाज बुलन्दरूपमा उठाउँदै आइरहेको छ ।

हिमाललाई नजिकबाट नियाल्दै आएका पनि हिमालमा हिउँ घटेर कतै हिमालको अस्तित्व नै नास हुने हो कि भनेरउत्तिकै चिन्तित छन् । सोलुखुम्बु जुनुबेंसीमा जन्मिएकी ङिमी शेर्पा पहिलो महिला पर्वतारोहीका रूपमा परिचित छिन् । शेर्पाले २०४२ सालमा बिनाअक्सिजन माउन्ट नुप्से ९७८६५ मिटर० आरोहणपछि पहिलो पर्वतारोहीको रूपमा इतिहास बनाएकी छिन् ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरलाई उनले नजिकबाटै साक्षात्कार गरेकी छन् । ‘जलवायु परिवर्तनको असरका कारण हिमालमा हिउँ नै बाँकी नरहला कि भन्ने चिन्ता लाग्छ, हिमाली क्षेत्रका मानिसमा पर्ने असरले हिमाली क्षेत्रमा नै मानिस नहुने हो कि चिन्ता छ’, उनी भन्छन्, ‘हिमालका लागि हिँउ शृङ्गार हो, जलवायु परिवर्तनको असरले हिमालमा हिउँ नै नरहे हिमालको मात्रै के अस्तित्व ।’

पर्यटन व्यवसायीसमेत रहेका आङ्छिरिङ शेर्पा उमेरले ७० नाघे । लामो समय हिमालकै काखमा हुर्किएर खेलेकाले पनि त्यो हिमाल र यो हिमालका बारेमा जानकार छन् उनी । ‘हामी सानो छँदा त हिमाल सबै सेता थिए, अब हेर्दाहेर्दै हिमालमा हिउँ पातलियो । कालापत्थरहरू देखिन थाले’, उनले भने, ‘यस्तै हो भने त अवको २० वर्षमै हिमालको अस्तित्व मेटिन्छ कि भन्ने चिन्ता लाग्छ । अनि हिमाल हेर्न भनेर पर्यटक आउन छाड्लान् हाम्रो व्यवसाय पनि धरापमा पर्नेछ ।’

सोलुखुम्बुमा जन्मिएका शेर्पा जलवायु परिवर्तनका हिमालमा परेको असरले कुन बेला ठूलो विपद्को सामना गर्नुपर्ने हो उत्तिकै चिन्तित छन् । पहिला र अहिलेमा देखिएको फरकमा अन्तर पाउँछन् उनी । ‘भन्दा मान्छेले नपत्याउलान्, त्यो इम्जा छो हिमताल थिएन । सानो हिमनदी थियो । त्यहाँ त बच्चा हुँदा हामी चिप्लेटी खेल्थ्यौ । सन् १९६२ तिर सानो कुवाजस्तो बन्यो । अहिले त त्यति ठूलो ताल बनिसक्यो, हिउँ पग्लिएर । यस्तै पग्लिँदै जाने हो भने हिमाल त कति कुरूप देखिन्छ होला है रु’

जलवायु परिवर्तनका असरका कारण पर्वतीय क्षेत्र जोखिममा रहेको भन्दै शेर्पाले अब हिमाली क्षेत्रका मानिस बसाई सरेर जानुपर्ने अवस्था आइसकेको बताए । ‘यदि हिमाली क्षेत्रका मानिसहरू नै त्यहाँ भएनन् भने हिमालको रहन, सहन संस्कृति हेर्न चाही को आउला है रु अनि त्यहाँ आउने पर्यटक पनि देख्नै पाउलान् हाम्रा पुस्ताले,’ शेर्पाले भने ।

फोटो पत्रकारसमेत रहेकी पूर्णिमा श्रेष्ठ अहिले साहसी पर्वतारोहीको रूपमा आफ्नो पहिचान स्थापित गरिसकेकी छन् । गोरखा आरुघाटमा जन्मिएकी श्रेष्ठलाई सानोमा टाढाबाटै हिमाल हेर्दा हिमालले लोभ्याएको थियो । हिमालकै नजिक जान पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो पूर्णिमालाई । जहाँ इच्छा त्यहाँ उपाय भने झैँ उनले विश्वकै अग्लो पर्वत सगरमाथा पटकपटक चढिसकेकी छन् ।

श्रेष्ठलाई जलवायु परिवर्तनका कारण मनै लोभ्याउने हिमालको अस्तित्व मेटिएर त जाने होइन भन्ने चिन्ता । ‘हिमाल अझै चढिरहन मन छ, तर हिमपहिरोले कतै पुरिने पो हो कि डर पनि छ’, उनले भने, ‘हिमालका हिउँ हराएर गयो भने के होला रु भन्ने लाग्छ । हिमाल जाँदा अहिले पनि कलापत्थर देखिन्छ । अनि हिमाल चढ्नेहरूलाई जोखिम पनि छ ।’

जलवायु व्यवस्थापनका लागि प्रतिकार्य रणनीति २०८० अनुसार जलवायुजन्य र जलसम्बन्धी प्रकापहरूले जीउज्यान, धनमाल र सम्पत्तिमा गम्भीर क्षति पर्‍याएका छन । वायुमण्डलीय तापक्रमका वृद्धिले हिउँ पग्लन क्रम बढेको छ र नयाँ हिमताल बनेको रणनीतिमा उल्लेख छ ।

‘विद्यमान हिमतालका आकार बढेका छ । यसबाट हिमताल फुटी बाढी आउन खतरा थपिएका छ । अन्य क्षेत्रका तुलनामा हिमालय क्षेत्रमा कम्तीमा पनि ०.३ दखि ०.७ डिग्री सेल्सियस तापक्रम बढ्न प्रक्षेपण गरिएका छ’, रणनीतिमा भनिएको छ ।

हिमालमा के हुनसक्छ अन्य असर ?

हिमालमा जलवायुले पारेका असरका कारण हिमालको अस्तित्व सकिने, पानीको स्रोत सुक्ने, हिमताल फुट्ने, हिमपहिरो जाने, पर्यटक घट्ने, बसाइँ सर्नुपर्ने अवस्था आएर त्यहाँका संस्कृति लोभ हुनेलगायतका असर देखिने बताउँछिन्, जलवायु अभियन्ता गीता पाण्डे । पर्वतीय क्षेत्रका मुद्दामा पैरवी गर्दै आएकी पाण्डे पर्वतीय क्षेत्रमा जलवायुले पारको असर न्यूनीकरण तथा अनुकूलनका लागि निरन्तर पैरवी आवश्यक रहेको सुझाव दिन्छिन् ।

जलवायु परिवर्तनसम्बन्धी २१ औँ विश्व सम्मेलन फ्रान्सको पेरिसमा सम्पन्न भएको थियो । पेरिस सम्झौतावमोजिम तापक्रमका वृद्धि १।५ डिग्री सेल्सियसमा कायम भए तापनि यस २१औँ शताब्दीका अन्त्यसम्ममा हिमालय क्षेत्रका ३६ प्रतिशत हिमताल पग्लन प्रक्षेपण गरिएका छ । इसिमोडका हालका अध्ययनअनुसार ६५ प्रतिशत हिमपिण्ड सकिएको छ । यस शताब्दीका अन्त्यसम्म पानीका उपलब्धता घट्ने उल्लेख छ ।

नेपाल सरकारले आगामी ३० वर्ष (वि।सं २०७८र२१०८) का लागि तयार गरेको राष्ट्रिय अनुकूलन योजनामा विगतका तुलनामा वर्षामा आएका कमीले गर्दा नदी खोलामा पानीका बहाव कम भएकाले आव २०७७/७८ मा ६.९ प्रतिशत जलविद्युत् उत्पादन घटेको उल्लेख भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा तापक्रमका वृद्धिदर वार्षिक ०.०५६ डिग्री सेन्टिग्रेड रहको छ । हिन्दुकुश हिमालयका मूल्याङ्कन प्रतिवेदन अनुसार विश्व तापक्रम वृद्धि पेरिस सम्झौताबमाजिम १.५ डिग्री सेन्टिग्रेड कायम गर्न सकिएमा पनि हिमालय क्षेत्रका तापक्रम त्योभन्दा औसतमा ०.३ दखि ०.७ डिग्री सेन्टिग्रेड बढी हुने देखाएको छ ।

तापक्रम वृद्धि १.५ डिग्री सेन्टिग्रेडमा कायम राख्न सकिए पनि एक्काइसौं शताब्दीका अन्त्यसम्म हिमालय क्षेत्रबाट ३६ प्रतिशत हिउँ पग्लने अध्ययनले देखाएको छ । इसिमाडको तथ्याङ्कअनुसार हिन्दकुश हिमालय क्षेत्रका हिमनदीका अनुगमन र विश्लेषण गर्दा हिमनदीका पिण्ड ६५ प्रतिशतले घटेको पाइएको छ ।

पैरवीमा जोडबल निरन्तर

गत वर्ष युएईको दुबईमा सम्पन्न भएको २८ औँ कोपमा पनि नेपालको नेतृत्व गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित भएका थिए । ‘म यहाँ ३० मिलियन नेपालीको सन्देश बोकेर आएको छु,’ प्रधानमन्त्री दाहालले सम्बोधनको सुरुमै भनेका थिए, ‘तापक्रम वृद्धिले हिमालय क्षेत्रलाई आक्रान्त पारिरहेको छ, हाम्रो हिमाल बचाउने सन्देश पनि लिएर आएको हुँ ।’

यस बेलामा पनि पर्वतीय क्षेत्रको मुद्दाले विश्व समुदायमा चर्चामा ल्यायो । कोपमा पहिलोपटक हिमालको मुद्दा छलफलमा समाहित गरियो । यसअघि नेपालले हिमालको मुद्दा कोपमा समाहित गराउन जोडबल गर्दै आइरहेको थियो । उसो त एक वर्षअघि चारदिने नेपाल भ्रमणमा आएका बेला संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनिओ गुटेरेसले हिमालयबाट बगेका नदीले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको भन्दै हिमालको प्रशंसा गर्न समेत गरे ।

यस्ता हिमनदी पग्लिएमा पानीको स्रोत समेत सङ्कटमा पर्नसक्ने भन्दै उनले दिएको अभिव्यक्तिले पनि यो वर्ष मुख्य चर्चा पायो । यसले पनि कोपमा पर्वतीय क्षेत्रका मुद्दामा पैरवी गर्न नेपाललाई सहज भयो ।

महासचिव गुटेरेसले २८औँ कोप सम्मेलन सुरु हुनुअघि नेपालको भ्रमण गर्नु भएर पनि होला नेपाललाई बढी सम्झिएका थिए । नेपालको भ्रमणको क्रममा सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रलाई नजिकबाट साक्षात्कार गर्ने मौका पाएर पनि होला उहाँले हिमालमा परेको जलवायु परिवर्तनको असर पनि नजिकबाटै नियाले । उनले ती अनुभव विश्व समुदायको अगाडि अभिव्यक्त गरे ।

डेढ दशकदेखि नेपालले हिमालको मुद्दा उठाउँदै आइरहेको थियो । निरन्तर उठाएको मुद्दा कोपमा समावेश होला भन्ने आशा हुन्थ्यो । तर, हिमालका एजेन्डाले कुनै प्राथमिकता नै पाउन सकेन । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ नै बाँकी नरहने भयो ।

अब कालापत्थरमा परिणत हुने हो कि भन्ने चिन्ता र चासो उत्तिकै रहेको छ सरोकारवालामा । सन् २००९ मा डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको १५औँ कोपमा भाग लिन पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेपाली प्रतिनिधि टोली सहभागी भएको थियो । त्यसबेलादेखि नै नेपालले हिमालको मुद्दालाई प्राथमिकता दिएर मुख्य एजेन्डास्वरूप कोपमा लिएर जाने गरेको थियो ।

जलवायु परिवर्तनको असरहरूको कारणले पर्वतीय क्षेत्रहरूको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परिरहेको नकारात्मक असरहरूका बारेमा नेपालले सन् २००९ देखि नै जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले निरन्तर आवाज उठाउँदै आइरहेको छ ।

कोप २८ ले बढाएको उत्साह

पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप–२८ निर्णयका दस्तावेजमा समावेश गरिएसँगै नेपालका लागि यो महत्वपूर्ण र ऐतिहासिक निर्णय भएको थियो । यसले वर्षौदेखि सफल हुन नसकेको नेपालको लक्ष्य पूरा भएको छ । हिमालको एजेन्डाले पाएको प्राथमिकतासँगै चर्चा पनि पायो । यसै सन्दर्भमा गत कोप–२८ ले पहिलोपटक पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटको बारेमा निर्णय लिँदै गत जुनमा भएको संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसिसिसी) अन्तर्गतको वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय ९एसबिएसटीए० को ६०औँ बैठकमा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका विषय उठाइएको थियो ।

यसै सन्दर्भमा पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरूको समान धारणा कायम गरी आगामी दिनहरूमा सो सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउन गत मे २२ र २३ मा नेपाललगायत अन्य पर्वतीय मुलुकका प्रतिनिधि, विषयविज्ञ एवं साझेदार संस्था सम्मिलित पर्वतीय क्षेत्र, मानिस र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवादको आयोजना भएको थियो । उक्त सम्मेलनमा पनि हिमालमा परेको असर र आगामी रणनीतिको विषयमा व्यापक छलफल समेत भएको थियो ।

आगामी कोपमा पनि हिमालकै मुद्दा प्राथमिकतामा

नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रको २९औँ सम्मेलन (कोप–२९) हुँदैछ । नेपालको तर्फबाट उक्त कोप सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुँदै छन् ।

१ सय ९२ भन्दा बढी मुलुकको राष्ट्रप्रमुखदेखि उच्चपदस्थ अधिकारीसामु उनले हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जानकारी गराएको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा। सिन्धु ढुंगानाले कोपमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असरलाई कोपको मुख्य एजेन्डा बनाइएको जानकारी दिएका छन् ।

थामेको हिउँपहिरोको उदाहरण

अधिकांश कोपमा नेगोशेसनमै निरनतर भाग लिई कोपमा नेपालको हितमा पैरवी गर्दै आएका मञ्जित ढकालले पनि पर्वतीय क्षेत्रमा जलवायुले पारेको असरका उदाहरण दिँदै र जलवायुजन्य हानिनोक्सानीको एजेन्डामा जोड दिनुपर्ने बताए ।

‘यही वर्ष सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक आएको बाढीले करोडौं क्षति पुगेको छ, यो ताजा हिमपहिरोको उदाहरणले यस पटकको कोपमा अझै पर्वतीय क्षेत्रको मुद्दाले प्राथमिकता पाउने आशा छ,’ कोपमा भाग लिन बाकु पुगिसकेका ढकालले भने, ‘मंगलबार र बुधबार अतिकम विकसित मुलुकको समूह (एलडिसी) को बैठकसमेत भएको, एलडिसीको तर्फबाट साझा मुद्दाका रूपमा पर्वतीय क्षेत्रको सुरक्षाका पक्षमा पैरवी गर्ने तयारी भएको छ ।’

Previous Post

उपनिर्वाचनका लागि तयारी सुरु, सशस्त्र र नेपाल प्रहरीले बनाए सुरक्षा समिति

Next Post

गंगोत्रीबाट पशुपतिनाथका लागि गंगाजल लिएर आउने

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
असार १ देखि पशुपतिका चारवटै ढोका खोल्ने निर्णय

गंगोत्रीबाट पशुपतिनाथका लागि गंगाजल लिएर आउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In