• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

    आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खुम्बु क्षेत्र पर्यटकले भरिभराउ, लुक्लामा एकै दिन दुई सय उडान

by
२४ कार्तिक २०८१,
0
खुम्बु क्षेत्र पर्यटकले भरिभराउ, लुक्लामा एकै दिन दुई सय उडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन्।

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मंगलबार रामेछापको मन्थली र काठमाडौंबाट २०० वटा उडान भएका हुन्। हवाईजहाजले ६१ र हेलिकप्टरले १३९ उडान भरेका छन्। उक्त दिन एक हजार ५३९ जना पर्यटक खुम्बु भित्रिएका छन्।

हवाईजहाजबाट १६७ स्वदेशी र ६६७ जना विदेशी गरी ८०४ तथा हेलिकोप्टरबाट ६९५ पर्यटक लुक्ला ओर्लिएका उनले बताए। पर्यटक आगमनको याम सुरु भएकाले उडान संख्या अझै बढ्ने उनले बताए।

यद्यपि, पर्यटक लिएर काठमाडौं र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन्। लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको संख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताए। पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताए। उनले भने, “अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ।”

पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटेल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन्।

त्यस क्षेत्रका बाटो, चौतारा तथा होटेल, लज पर्यटकले नै भरिभराउ छन् । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताए।

२०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार १४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ। निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सूचना अधिकारी मण्डलले जानकारी दिए।

सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो। निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन्। निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको संख्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलले बताए।

Previous Post

नेपालको निजामती कर्मचारी : परीक्षामा अब्बल, कार्यक्षमतामा दुर्बल

Next Post

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्दै अष्ट्रेलिया

सम्बन्धित खबर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
फिचर-ब्यानर

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

१९ चैत्र २०८२,
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
आवाज

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

१९ चैत्र २०८२,
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
आवाज

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

१९ चैत्र २०८२,
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
आवाज

आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन

१९ चैत्र २०८२,
Load More
Next Post
१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्दै अष्ट्रेलिया

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्दै अष्ट्रेलिया

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In