• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

ट्रम्प आउनै हुँदैन भन्ने क्यानडाली प्रधानमन्त्री त्रुदोमाथि नयाँ चुनौती

by
२३ कार्तिक २०८१,
0
ट्रम्प आउनै हुँदैन भन्ने क्यानडाली प्रधानमन्त्री त्रुदोमाथि नयाँ चुनौती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : अमेरिकी राष्ट्रपतिमा ट्रम्पको जितले क्यानडाका प्रधानमन्त्री जस्तिन त्रुदोलाई समस्या भएको छ।

यसअघि नै ट्रम्पले त्रुदोलाई एकपटक ‘भाग् वामपन्थी पागल’ भनेका थिए। त्रुदोले पनि डोनल्ड ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपति बन्नु ‘एक कदम पछाडि’ सर्नु हो भन्ने घोषणा गरेका थिए।

ट्रम्पको ह्वाइट हाउसमा फिर्ताले क्यानडासँग व्यापार विवाद बढाउन सक्ने विश्लेषकहरू र अर्थशास्त्रीहरू बताउँछन्। यसले क्यानडामा मन्दी निम्त्याउन सक्छ।

क्यानडाको ७५ प्रतिशत निर्यात अमेरिकामा हुन्छ। क्यानडामा एक वर्षभित्र चुनाव हुँदै छ र धेरैजसो मत सर्वेक्षणले जस्तिन त्रुदोको पराजयको भविष्यवाणी गरेको छ। यस्तो अवस्थामा क्यानडामाथि ट्रम्पको जितले विशेष अर्थ राख्छ।

क्यानडा विश्वको चौथो ठूलो कच्चा तेल उत्पादक देश हो। ट्रम्पले सबै आयातमा १० प्रतिशत कर लगाउने र अमेरिकी ऊर्जा उत्पादनलाई बढावा दिने घोषणा गरेका छन्। यो क्यानडाका लागि विशेष गरी खराब संकेत हो। फ्यूचर बोर्डर्स कोएलिशनकी लारा डासनले भनिन्‚ ‘यो घटनासँगै क्यानडामा लगानीकर्ताको विश्वास क्रमशः घट्दै जानेछ। उनीहरूले लगानी घटाउँदै लानेछन्। ट्रम्पको चारवर्षे कार्यकाल क्यानडाका लागि धेरै कठिन र पीडादायी हुन सक्छ।’

डोनाल्ड ट्रम्पले सन् २०२२ मा सीमा पार गर्ने ड्राइभरहरूलाई कोभिड-१९ विरुद्ध खोप लगाउने मुद्दामा त्रुदोलाई ‘भाग् वामपन्थी पागल’ भन्दै गाली गरेका थिए। जुन २०१८ मा क्यानडाको क्युबेकमा सम्पन्न जी-७ शिखर सम्मेलनबाट ट्रम्प बाहिरिएका थिए। त्यसपछि उनले त्रुदोलाई ‘फटाहा र कमजोर’ नेता भनेर गाली गरेका थिए।

यद्यपि, जस्तिन त्रुदोले अमेरिकी राष्ट्रपतिमा विजयी भएसँगै ट्रम्पलाई बधाई दिँदै दुई देशबीचको मित्रता संसारका लागि ईर्ष्याको विषय भएको बताएका छन्। त्रुदोले एक्समा लेखे‚ ‘मलाई थाहा छ‚ राष्ट्रपति ट्रम्प र म दुबै देशका लागि थप अवसर, समृद्धि र सुरक्षा सिर्जना गर्न मिलेर काम गर्नेछौँ।’

डोनल्ड ट्रम्पको जितलाई लिएर क्यानडामा त्रास उत्पन्न भएको छ। यो कुरा बुधवार उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले क्यानडालीहरूलाई आश्वस्त पार्न खोजेको प्रयासबाट बुझ्न सकिन्छ। उनले भनिन्‚ ‘धेरै क्यानडालीहरू रातभर चिन्तित थिए र म भन्न चाहन्छु- क्यानडा बिल्कुल ठीक हुनेछ।’

यसैगरी क्यानडाली विदेशमन्त्री मेलानी जलीले यस्तै प्रयास गरिन्। उनले जनतालाई आश्वस्त पार्दै भनिन्‚ ‘गत महिना र वर्षहरूमा हामीले राष्ट्रपति ट्रम्प र उनको टोलीसँग धेरै बलियो सम्बन्ध विकास गर्दै आएका छौँ। त्यसैले हामीसँग योजना छ र हामी तयार छौँ।’

यस वर्षको जनवरीमा त्रुदोले मिडियालाई भनेका थिए‚ ‘डोनल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्नु ‘एक कदम पछाडि’ पर्नु हो। जसले क्यानडाको लागि जीवन कठिन बनायो।’

ट्रम्पका नीतिहरूले गर्दा जो बाइडेनको कार्यकालको तुलनामा सन् २०२८ को अन्त्यसम्म क्यानडाको कुल गार्हस्थ उत्पादनमा १.७% गिरावट आउने विश्लेषकहरूले अनुमान गरेका छन्।

क्यानडामा आर्थिक मन्दीको त्रास

क्यानाडाली चेम्बर अफ कमर्शका कार्यकारी उपाध्यक्ष माथ्यु होम्सले ट्रम्पको योजनाबद्ध १०% शुल्कले क्यानडाको वास्तविक आम्दानीमा वार्षिक ०.९% र श्रम उत्पादकत्वमा १% ले घटाउने बताएका छन्। चेम्बरले यदि अन्य देशहरूले बदला लिने हो भने व्यापार युद्ध शुरु हुनेछ र वास्तविक आम्दानी वार्षिक १.५ प्रतिशतले घट्ने र श्रम उत्पादकत्व वार्षिक १.६ प्रतिशतले घट्ने बताएको छ।

सुरक्षा चिन्ता

गुप्तचर तथा राष्ट्रिय सुरक्षाविद् वेस्ले वार्कले भने‚ ‘गुप्तचर संस्थामा लामो समय सेवा गरिरहेका कर्मचारीलाई प्रतिस्थापन गर्ने ट्रम्पको प्रस्तावले दोस्रो विश्वयुद्धदेखि क्यानडा निर्भर सुरक्षा प्रणालीलाई परिवर्तन गर्नेछ। क्यानडामा अमेरिकाको सीआईए जस्तै विदेशी खुफिया सेवा छैन वा ब्रिटिश गुप्तचर सेवा जस्तो कुनै संस्था छैन।’

त्यसैले क्यानडा फाइभ आइज गठबन्धनमार्फत अमेरिकामा निर्भर छ, जसमा बेलायत, अष्ट्रेलिया र न्यू जील्याण्ड पनि समावेश छन्।

‘हामी यस्तो अवस्थामा छौं जहाँ हामी सुरक्षा खुफिया साझेदारको रूपमा संयुक्त राज्य अमेरिकालाई विश्वास गर्न सक्दैनौ’, उनले भने‚ ‘हामीले पहिलो विश्वयुद्धपछि यस्तो कहिल्यै अनुभव गरेका थिएनौँ।’

वार्कले क्यानडाले जापान, फ्रान्स र जर्मनीलाई समावेश गरी आफ्नो साझेदारीलाई फराकिलो बनाउनुपर्नेछ र विदेशी गुप्तचर सेवा स्थापना गर्न र खुला रूपमा उपलब्ध खुफिया जानकारी संकलन र विश्लेषण गर्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका छन्।

Previous Post

अन्नपूर्ण आधार शिविर : पर्यटकसँगै फोहरको चुनौती

Next Post

अमेरिकामा कसरी हुन्छ सत्ता हस्तान्तरण ?

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
अमेरिकामा कसरी हुन्छ सत्ता हस्तान्तरण ?

अमेरिकामा कसरी हुन्छ सत्ता हस्तान्तरण ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In