• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाटो नबन्दा सरसफाइ केन्द्र सञ्चालनमा समस्या

by
२२ कार्तिक २०८१,
0
बाटो नबन्दा सरसफाइ केन्द्र सञ्चालनमा समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली (तनहुँ) । जिल्लाको म्याग्दे गाउँपालिका-२ बहपुरमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा कच्ची बाटो अवरोधका रूपमा देखिएको छ । फोहरमैला व्यवस्थापन केन्द्रसम्म पुग्ने बाटो कच्ची हुँदा समस्या भइरहेको छ ।

गाउँपालिकाले गत पुस १७ गते केन्द्र सञ्चालनमा ल्याएको थियो तर बाटोको असुविधाका कारण केन्द्र सञ्चालनमा समस्या भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । अन्य समयभन्दा वर्षाका बेला त्यहाँसम्म सवारीसाधन पुग्न नसक्दा निकै समस्या भइरहेको उनले बताए । अधिकारीले चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट बाटो स्तरोन्नतिका लागि रु ४० लाख बजेट विनियोजन भएको जानकारी दिए। उनले भने, “उक्त बजेटमा गाउँपालिकाले पनि केही रकम थपेर बाटो स्तरोन्नति गर्नेछ, बाटो स्तरोन्नति भएपछि फोहरमैला सङ्कलन केन्द्र सञ्चालनमा समस्या आउँदैन ।”

२२ रोपनी आठ आना जग्गा खरिद गरी फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । गाउँपालिकाले विसं २०७८ चैत ९ गते रु ३३ लाखमा जग्गा खरिद गरेको थियो । जग्गा खरिदलगायत केन्द्र निर्माणमा रु दुई करोड १५ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ । फोहरमैला व्यवस्थापन केन्द्रका लागि रु २१ करोडको गुरुयोजना तयार भएको छ । सोअनुसार केन्द्रसम्म पुग्ने सडक कालोपत्र गर्न बाँकी छ ।

केन्द्र सञ्चालनमा आएसँगै बजार क्षेत्रका फोहर व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ । स्थानीय तहलाई फोहरमैला व्यवस्थापनमा सकस हुँदै आएकाले केन्द्र निर्माणपछि केही सहज हुने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले भने, “अधिकांश स्थानीय तह त्यसमाथि पनि सहरीकरणको गतिमा बढेको पालिकालाई फोहरमैला व्यवस्थापनमा चुनौती हुँदै आएको छ । केन्द्र सञ्चालनपछि फोहरमैला व्यवस्थापनमा सहयोग पुगेको छ ।” गाउँपालिकाको बजार क्षेत्रबाट सङ्कलन हुने कुहिने र नकुहिने दुवै प्रकारका फोहर उक्त व्यवस्थापन केन्द्रमा जम्मा गर्ने श्रेष्ठको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार करिब पाँच हजार घरधुरीबाट फोहरमैला सङ्कलन गरिनेछ । फोहर सङ्कलनका लागि टिप्परसमेत खरिद भइसकेको छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । उक्त केन्द्र निर्माणको थालनी विसं २०८० वैशाख ३ गतेबाट भएको थियो । शुक्लागण्डकी नगरपालिका–४ स्थित लाहुरे काइला विल्डर्ससँग सम्झौता भई केन्द्र निर्माण भएको थियो ।

गाउँपालिकाले हालै आयोजित गाउँसभाबाट वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन २०८० समेत पारित गरिसकेको छ ।

Previous Post

प्रधानमन्त्री ओलीले ट्रम्पलाई दिए बधाई

Next Post

पिएसजीमाथि एटलेटिको म्याड्रिड विजयी

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
पिएसजीमाथि एटलेटिको म्याड्रिड विजयी

पिएसजीमाथि एटलेटिको म्याड्रिड विजयी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In