• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी राष्ट्रपतिको तलब कति ?

by
२० कार्तिक २०८१,
0
अमेरिकी राष्ट्रपतिको तलब कति ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– अमेरिकामा मंगलबार हुने निर्वाचनबाट भारतीय मुलकी कमला ह्यारिस र डोनाल्ड ट्रम्प मध्ये एकजना राष्ट्रपतिमा निर्वाचित हुने छन् । ह्यारिस बहालवाला उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति ।

निर्वाचनबाट अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउँछ कि ट्रम्प दोहोरिन्छन् रु यो सर्वत्र चासोको विषय बनेको छ । किन भने अमेरिकी राष्ट्रपति केवल आफ्नो देशका लागि मात्रै नभएर अन्तराष्ट्रिय स्तर र भूराजनीतिक मामिलामा पनि निर्णायक मानिन्छन् ।

अमेरिकी परम्परा अनुसार नवनिर्वाचित राष्ट्रपतिले सन् २०२५ जनवरी २० मा चार वर्षका लागि पदभार ग्रहण गर्ने छन् । अमेरिकाको राष्ट्रपतिलाई विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ । विश्वकै शक्तिशाली मानिने अमेरिकी राष्ट्रपतिले तलब र सेवा सुविधा कति पाउँछन् त रु

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपतिको पारिश्रमिक (तलब) औसत अमेरिकीकोभन्दा ६ गुणा बढी हुन्छ । एक औसत अमेरिकी नागरिकले वार्षिक ६७ हजार ७९५ डलर अर्थात ८५ लाख ६७ हजार हाराहारी आम्दानी गर्दछ ।

अमेरिकाका शीर्ष स्थानमा रहेका धनीले वार्षिक ७ लाख ८८ हजार डलर अर्थात १० करोड ५८ लाखभन्दा बढी कमाई गर्दछन् । तर, अमेरिकी राष्ट्रपतिको तलब योभन्दा झण्डै आधा हुन्छ । आम्दानीका हिसाबले अमेरिकी राष्ट्रपति देशका शीर्ष १ प्रतिशत धनीहरूको सूचीमा पर्दैनन् ।

अमेरिकाको बहालवाला राष्ट्रपति जो बाइडेनलाई वार्षिक ४ लाख डलर अर्थात ५ करोड ३६ लाख रुपैयाँ पारिश्रमिक मिल्दै आएको छ । यसका साथै राष्ट्रपतिलाई अतिरिक्त खर्चवापत ५० हजार डलर अर्थात ६७ लाख रुपैयाँ पाइन्छ ।

वासिङटन डीसीस्थित ह्वाइट हाउस अमेरिकाका राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय हो । यहाँ खानबस्नका लागि अमेरिकाका राष्ट्रपतिले आफूले केही खर्च गर्नु पर्दैन ।

राष्ट्रपति पहिलो पटक ह्वाइट हाउस प्रवेश गर्दा उनलाई १ लाख डलर अर्थात १ करोड ३४ लाख रुपैयाँ दिइन्छ । उक्त रकमबाट राष्ट्रपतिले आफ्नो चाहनाबमोजिम निवासको साजसज्जा गर्न सक्छन् । राष्ट्रपतिलाई मनोरञ्जन, स्टाफ र भान्साका लागि वार्षिक १९ हजार डलर मिल्ने गर्दछ ।

अमेरिकाका राष्ट्रपतिको सम्पूर्ण स्वास्थ्य सेवाहरू निःशुल्क हुन्छ भने यात्राका लागि एक लिमोजिन कार, एक मरिन हेलिकप्टर र ‘एयरफोर्स वन’ नामक हवाईजहाज पनि उपलब्ध गराइन्छ ।

बीबीसीका अनुसार राष्ट्रपतिको लिमोजिन कार आधुनिक सुरक्षा र सञ्चार प्रणालीजडित हुन्छ भने कारमा राष्ट्रपतिको चाहनाबमोजिम समयसमयमा जरुरी संशोधन गरिन्छ ।

सन् १७८९ मा अमेरिकी राष्ट्रपतिको तलब २५ हजार डलर थियो भने १८७३ मा वृद्धि भएर ५० हजार डलर पुगेको थियो ।

अमेरिकी राष्ट्रपतिको तलब सन् १९०९ मा दोस्रोपल्ट वृद्धि हुँदा ७५ हजार र सन् १९४९ मा तेस्रोपल्ट वृद्धि हुँदा १ लाख डलर पुगेको थियो ।

अमेरिकी राष्ट्रपतिको तलब सन् १९६९ मा दोब्बर वृद्धि भएर दुई लाख डलर पुगेको थियो । यस्तै सन् २००१ मा वृद्धि हुँदा ४ लाख अमेरिकी डलर पुर्‍याइएको थियो । त्यसयता अमेरिकामा राष्ट्रपतिको पारिश्रमिक वृद्धि भएको छैन ।

Previous Post

म्याग्दीमा आयोजना सम्पन्न गर्न ढिलासुस्ती

Next Post

सुत्नुभन्दा अघि पानीमा भिजाएर खानुहोस् यी चिज, सुत्नेबित्तिकै गहिरो निन्द्रा आउनेछ

सम्बन्धित खबर

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै
टुरिजम

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

८ चैत्र २०८२,
ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन
आवाज

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

८ चैत्र २०८२,
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
आर्थिक

ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत्र २०८२,
हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै
आवाज

हिलिहाङ नसर्ने रोगको खोजपड्ताल : मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

८ चैत्र २०८२,
दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच
आवाज

दाङको दुर्गम सैघामा विद्युत् सेवाको पहुँच

८ चैत्र २०८२,
मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण
आवाज

मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माण

८ चैत्र २०८२,
Load More
Next Post
सुत्नुभन्दा अघि पानीमा भिजाएर खानुहोस् यी चिज, सुत्नेबित्तिकै गहिरो निन्द्रा आउनेछ

सुत्नुभन्दा अघि पानीमा भिजाएर खानुहोस् यी चिज, सुत्नेबित्तिकै गहिरो निन्द्रा आउनेछ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In