• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- एउटा उद्योग चलाउन नसक्ने सरकारले देश कसरी चलाउन सक्छ?

by
१४ कार्तिक २०८१,
0
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- एउटा उद्योग चलाउन नसक्ने सरकारले देश कसरी चलाउन सक्छ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालन गर्न असक्षम रहेकाले कुर्सीमा नैतिक रुपमा बस्न नमिल्ने टिप्पणी गरेका छन्।

प्रधाानमन्त्री ओलीको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाउँदै उनले मुलुक र जनताको हित चाहने हो भने कुर्सीमा टाँसिरहन आवश्यक नभएको बताए।

सरकारी उद्योग सञ्चालन गर्न नसकेर सरकारले निजिकरण गर्ने निर्णयमा पुगेपछि आजपा अध्यक्ष साहले त्यसको विरोध गरेका छन्।

सरकारको सो निर्णयको आलोचना गर्दै उनले सरकारी उद्योग बिचौलिया व्यापारीसँग साठगाठ गरेर बेच्न लागेको गम्भीर आरोप लगाएका छन्।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सरकारी उद्योगहरूलाई चलाउनुको सट्टा बिचौलिया व्यापारीहरूसँग बेचने खेलमा लागेका छन्। अर्थात सरकारी उद्योगहरू निजीकरण हुँदैछ। एउटा उद्योग चलाउन नसक्ने सरकारले देश कसरी चलाउन सक्छ? भन्ने गम्भीर प्रश्न खडा भएको छ’, आजपा अध्यक्ष साहले भनेका छन्, ‘एउटा सामान्य व्यक्तिले गर्न सक्ने काम पनि दुई तिहाइको सरकारले गर्न नसक्ने भएपछि प्रधानमन्त्रीलाई कुर्सीमा बस्न मिल्छ कि मिल्दैन ? सबैले बिचार गर्न जरूरी छ।’

सरकारी उद्योग चलाउन नसकेपछि दुई तिहाइ बहुमतको ओली नेतृत्वको सरकार असक्षम भएको बताउँदै उनले तत्काल प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सुझाव दिएका छन्।

वर्तमान सरकारले उद्योग धन्दाहरु बेचेर सिध्याउने, संस्थाहरु डुबाउने र प्राकृतिक स्राेत साधनको दोहन गरेको आरोपसमेत साहले लगाए।

वर्तमान सरकारले जनताले बुझाएको कर समेत दुरुपयोग गरिरहेकाले कर बहिष्कार गर्नुपर्ने आह्वान गर्दै उनले भनेका छन्, ‘आफूले कुनै आय आर्जन गर्न नसक्ने, आफनो जिम्माको सम्पूर्ण उद्योगधन्दाहरू बेचेर सिध्याउने, संस्थानहरू डुबाउने र प्राकृतिक साधन श्रोतहरूको दोहन गर्ने सरकारलाई जनताले किन बोकने ? ओली सरकारले जनताद्वारा बुझाईएको करसमेत दुरुपयोग गरिरहकोले तपाईं हामी कर बहिष्कारको अभियानमा अगाडि बढ्न जरुरी छ।’

विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने ओली नेतृत्वको सरकारको कडा रुपमा विरोध गर्दै विपक्षीलाई झुठा मुद्धा लगाएर तर्साउने खेल भइरहेको उनले जनाएका छन्। अहिले पनि सरकार प्रतिपक्षमा रहेका पार्टीहरुलाई फुटाउन अध्यादेश ल्याउने खेल खेलिरहेको उनले आरोप लगाएका छन्।

विपक्षीहरुलाई तर्साउन झुठा मुद्दा लगाउने, आफू समर्थित पार्टीको अपराधीलाई बचाउने, विपक्षमा रहेका पालिकाहरुमा सरुवा आतंक मच्चाउने, सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने गरेको बताउँदै साहले भ्रष्ट कर्मचारीलाई प्रोत्साहन र इमान्दारलाई दण्डित गर्ने गरेको सरकारले जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुट्ने काम गरिरहेकाले सचेत हुन आह्वान गरेका छन्।

Previous Post

प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान

Next Post

ज्वरो आको बेलामा पनि औषधिको कोर्स पूरा गर्नुपर्छ ?

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
ज्वरो आको बेलामा पनि औषधिको कोर्स पूरा गर्नुपर्छ ?

ज्वरो आको बेलामा पनि औषधिको कोर्स पूरा गर्नुपर्छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In