पोखरा— अमेरिकी राजदूताबासले विमेन लिडर्स इन टेक्नोलोजीसँगको सहकार्यमा पहिलो चरणको प्राइड टेक कियोस्क रोडशो पोखरामा आयोजना गरेको छ ।
विहीबार सम्पन्न रोडशोले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, र गणितमा महिलाहरूलाई नवप्रवर्तक र नेतृत्वकर्ताका रूपमा सशक्त बनाउन काम गर्छ।
रोडशेमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका २० जना सहभागीहरूले प्रविधिका अवसरहरूको बारे कुराकानीको साथै पारलैंगिक र लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिका रूपमा डिजिटल उपकरणहरूसँगको अनुभवबारे छलफल गरेका थिए । उनीहरुले प्रविधिका जानकारहरूबाट सिक्ने अवसर पाए।
कार्यक्रमका मुख्य विशेषताहरूमा रोबोटिक कार कोडिङ र थ्रीडी प्रिन्टिङ जस्ता व्यवहारिक गतिविधिहरू पनि समावेश थिए।
यस कार्यक्रमले प्रविधिमा भर्खर सुरुवात गर्दै आएका सहभागीहरूलाई व्यक्तिगत र व्यावसायिक वृद्धि गर्न डिजिटल उपकरण र स्रोतहरूको प्रभावकारी रूपमा प्रयोगका लागि व्यवहारिक सीपहरू हासिल गर्न मद्दत गर्यो।
अब यो रोडसो जनकपुर र काठमाडौंमा हुनेछ ।













