• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा

by
८ कार्तिक २०८१,
0
स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेका छन् ।

उनको व्यवसाय पाल्पामा नमूना बनेको छ । उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेका छन् । ‘गाउँका युवा साथी रोजगारीको क्रममा सहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालनमा लागेको छु’, उनले भने, ‘यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ ।’ उनी विगत सात वर्षदेखि यो व्यवसायमा आबद्ध छन् ।

पाँच रोपनी जग्गामा चारैतिर घेराबार गरी उनले कुखुरापालन गरेका छन् । उनको फार्ममा हाल एक हजार सात सय ५० बोइलर कुखुरा छन् । सुरुमा अण्डा उत्पादन र मासुका लागि कुखुरा पालेका अर्यालले हाल मासुका लागि मात्र कुखुरापालन गरेका छन् । उनको फार्ममा हाल एक हजार बेच्न लायकका कुखुरा छन् भने सात सय ५० हुर्कदै गरेका चल्ला छन् । कुखुरा बिक्रीका लागि बजारको समस्या छैन । रामपुर बजारमा सहजै बिक्री हुने गरेको अर्यालले बताए । उनले एक वर्षमा १२ पटकसम्म कुखुराका चल्ला खरिद गर्ने र तिलाई हुर्काएर बिक्री गर्दै आएका छन् ।

उद्यमी अर्यालले रु ५० लाख लगानीमा कुखुरा पाल्न थालेका हुन् । यसबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उनले बताए । व्यवसाय धान्न एक जनालाई रोजगार दिएका छन् । टिक्ने खालको संरचना बनाएर व्यवसाय गरेका छन् ।

गाउँका तीन जना युवाको सहकार्यमा सुरु गरेको व्यवसाय डेढ वर्षदेखि अर्याल एक्लैले धान्दै आएका छन् ।कुखुरापालनसँगै उनले माछापालन पनि गरेका छन् । व्यवसाय ठूलो र नमूना खालको भएकाले पनि फार्म अवलोकन गर्न जाने गरेको पाइन्छ । फार्ममै पुग्ने सडक सुविधा भएपछि दाना ल्याउन र कुखुरा बिक्रीका लागि बजार लैजान धेरै सजिलो छ । अर्याललाई यो व्यवसायले दाम मात्र नभई समाजमा नाम पनि दिएको छ । व्यवसाय थाल्नेबित्तिकै धेरै आम्दानी गर्छु भनेर गर्ने होइन, कसरी लामो समयसम्म टिकाउन सकिन्छ, धैर्यका साथ काम गरियो भने अवश्य पनि सफलता मिल्ने उनको अनुभव छ ।

Previous Post

विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन डलर ऋण दिने

Next Post

एउटा म्युजिक भिडियो निर्माणको लगानी ६० लाख!

सम्बन्धित खबर

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
जीवन शैली

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत्र २०८२,
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
Load More
Next Post
एउटा म्युजिक भिडियो निर्माणको लगानी ६० लाख!

एउटा म्युजिक भिडियो निर्माणको लगानी ६० लाख!

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In