काठमाडौँ— यूवा पुस्तालाई नेपालको ऊर्जा क्षेत्रको भविष्यलाई उजागर गर्न एक कार्यशाला आयोजना गरिएको छ । यूएसएड उर्जा नेपालले ले अमेरिकन कर्नर इनोभेशन हब काठमाडौ र नेपाल—यूएस अल्मुनाई नेटवर्क सँग सहकार्य गर्दै विभिन्न क्षेत्रका ५० जना युवा सहभागीहरूलाई एकै ठाउँमा ल्याएर ‘युवा आवाजहरूः जलवायु प्रतिरोधी ऊर्जा क्षेत्र” विषयक कार्यशाला आयोजना गरेको छ।
यस कार्यशालामा शिक्षा मार्फत सशक्तीकरण, युवाहरूले अगुवाइ गर्ने नवप्रवर्तन, समावेशी सहभागिता, नीति नेतृत्व, र सहकार्य जस्ता प्राथमिकताहरूमा जोड दिइयो।
निर्णय प्रक्रियामा युवाहरूको सहभागिताले जडस्तरबाटनै ऊर्जा चुनौतीहरूको समाधान तयार पार्न मद्दत पुर्याउँछ, जसले सामाजिक समानता र जलवायु प्रतिरोध क्षमतालाई प्रवर्द्धन गर्छ। काठमाडौँ स्थित अमेरिकी राजदूताबासले यस्ता पहलहरूलाई समर्थन गर्न सदैव तयार भएको जनाएको छ ।













