चिनियाँ राष्ट्रपति सी जिनपिङको साउदी अरेबियाको भर्खरैको भ्रमणको भव्यता र समारोहलाई जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडेनको साउदी भ्रमणको ताका भएको सामान्य र चिसो वातावरणसँग तुलना गरिएको छ ।
साउदीहरूले सीका लागि तीनवटा अलग(अलग क्षेत्रीय शिखर सम्मेलनहरू आयोजना गरेका थिए जसमा द्विपक्षीय शिखर सम्मेलन, दोस्रो शिखर सम्मेलन जुन २१ वटा अरब नेताहरूसँग भएको थियो र तेस्रो जीसीसी देशका सात शासकहरूसँग सी को भेट साउदिले आयोजना गरिदिएको थियो ।
यो थ्री(इन(वन भेटवार्ता ले साउदी अरेबिया चीनको अरब विश्व कूटनीतिको मुटुमा रहेको ठूलो सङ्केत दिएको छ। यो ऐतिहासिक अमेरिकी(साउदी गठबन्धन भन्दा एकदमै विपरीत छ।
एक चिनियाँ टिप्पणीकारले उल्लेख गरेझैं, बेइजिङको हरियो हाइड्रोजन र सौर्य ऊर्जा लगानीले रियादको स्वच्छ ऊर्जा लाई पूरक हुने अपेक्षा गरिएको छ र उनीहरूले अरब संसारमा हरियो पूर्वाधारलाई बलियो बनाउनेछन्।
अचम्मको कुरा चाँही के भयो भने सीको साउदी भ्रमणले तेहरानमा अशान्ति पैदा गर्यो। चीनको सहभागिताका लागि रियादले बुनेको क्षेत्रीय गठबन्धनको जाल केवल अरब राष्ट्रहरूको हो। साउदी अरेबिया र अरब गठबन्धन पश्चिम एसिया र अफ्रिकी क्षेत्रहरूमा चीनको क्षेत्रीय रणनीतिहरूको सबैभन्दा महत्त्वपूर्ण टेम्प्लेट हुनेछ र यसले तेहरानलाई गैर अरब राष्ट्रका रुपमा फरक देख्ने त हैन भन्ने तेहरानलाई चिन्ता छ ।
इरानी टिप्पणीकार र अधिकारीहरूले चीनले विवादमा पक्ष लिइरहेको देखिन्छ भनेर आरोप लगाएका छन् । चिनियाँ राजदूतलाई इरानको विदेश मन्त्रालय मा नै बोलाएर राष्ट्रपति इब्राहिम रायसीले चीन प्रति असन्तुष्टि जनाएका छन् ।













