काठमाडौँ– नेपालस्थित फ्रान्सेली राजदूतावासले विश्वका १४ अग्ला शिखर आरोहण गर्ने कीर्तिमानी पर्वतारोही आलास्डेयर मकेन्जीलाई स्वागत र सम्मान गरेको छ।
मकेन्जीले हिमाल यात्राको क्रममा बोकेको फ्रान्सको झन्डा दूतावासलाई फिर्ता गरेका छन् , जसले उनको सफल आरोहणलाई अझ विशेष महत्व दिएको छ।
फ्रान्स र नेपालबीचको पर्वतीय सम्बन्ध धेरै पुरानो र गहिरो रहेको छ । फ्रान्सका नागरिक मौरिस हेर्जोगले १९५० मा अन्नपूर्णको सफल आरोहण गरेका थिए । यो आरोहण ८,००० मिटरभन्दा अग्लो पहिलो हिमाल आरोहणको कीर्तिमान पनि हो। फ्रान्सेली राजदूतावासले आगामी वर्ष अन्नपूर्णको सफल आरोहण गरेको ७५औं वार्षिकोत्सव मनाइने जनाएको छ ।













