• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘काठमाडौँमा घरवारविहीनहरूको रात सधैँ सडकमै बित्छ’

by
६ कार्तिक २०८१,
0
‘काठमाडौँमा घरवारविहीनहरूको रात सधैँ सडकमै बित्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ ।

दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुईँमा कार्टुन र बोरा बिच्छ्याएर उनी प्रायः खुला आकाशमुनि रात बिताउँछन् । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउने गर्छन् ।

शुक्रबार दरबारमार्गमा साँझ परेपछि घाम कहिले ओझेल पर्छ र निदाउन अँध्यारो खोज्न सुरसार गर्दै थिए उनी । बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुगेका उनी आफू सडकमा आउनुको कारण एक वाक्यमा टुग्याउँछन् । ‘चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो’, उनी भन्छन्, ‘घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुङ्गिन्छ ।’

घाम अस्ताउने पश्चिमतिर भन्ने मात्रै थाहा छ उनलाई । परिवार र आफन्तीको लेखाजोखा उनले कहिल्यै गरेनन् । दिनमा भारी बोक्न पाए दुई/चार रुपैयाँ कमाउने र बेलुका खाना खाएर सडकमा बास बस्ने उनको दैनिकी हो । उनी भन्छन्, ‘न्यायो ओछ्यान बिर्सिएको वर्षौं भयो । आफ्नो विगतको तीतोपल सम्झिन चाहन्न ।’ जाडो याममा अत्यन्त कठिन हुने हुँदा कसरी चिसो कटाउने भन्ने चिन्ताले लाग्ने उनी बताउँछन् ।

सडकमा रात बिताउन पनि घरवारविहीन सडक मानवलाई सजिलो छैन । गोरखा जिल्लामा जन्मिएको बताउने सानोकान्छा घर्तीको धेरैजसो रात ठमेलका सडक पेटीमा बित्ने गर्दछ । ‘गरिब देखेर सबैले हेप्छन्, चोर्छ भन्दै पेटीमा पनि बस्न दिँदैनन्’, उनी भन्छन् ।

उनी कहिले आफ्नै साथीहरूबाट लखेटिन्छन् भने कहिले सर्वसाधारण र व्यापारीबाट । सडक पेटी कब्जा गरेर बस्ने उनकै समूहबीच हातथाप हुन्छ । अलि सुकिलो र पानी ओत लाग्ने भुईँ रोज्ने टाठाबाठा हुन्छन् ।

साठी वर्षीय घर्ती भने कहिलेकाहीँ त्यही चिसो भुईँ पनि रोजेर पाउँदैनन् । भुईँमा पनि बास बस्न ठूलो सङ्घर्ष गर्नुपर्ने उनको गुनासो छ । ‘आफूमाथिको दुर्व्यवहार कसलाई सुनाउने रु कुनै निकाय छैन । त्यसैले चुपचाप भई दुर्व्यवहार सहन बाध्य हुन्छ’, उनी भन्छन् ।

सडकमा कुनै पनि मानव अलपत्र र बेवारिसे नभेटिउन् भन्ने सेवा भावका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेदेखि मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गरेको छ । जसको आफन्ती कोही छैन, बेवारिसे छ उसको उद्धार गरी आश्रय दिनु आश्रमको जिम्मेवारी हो ।

आश्रमका अध्यक्ष रामजी अधिकारी मेचीमहाकालीको उद्धार यात्रामा कोसी प्रदेशबाट तीन दिनमा ४४ जनाको उद्धार गरिएको जानकारी दिए ।

उनका अनुसार मधेश प्रदेशको लहानमा १३ र जनकपुरमा ११ जनाको उद्धार गरिएको छ ।

कात्तिक २८ गतेसम्म देशभरका सडक मानवको उद्धार गर्ने उनी बताउँछन् । जतिसुकै उद्धार कार्य सक्रिय गरे पनि सडकमा जाँडरक्सी खाएर स्वतन्त्र जीवन जीउन चाहने र माग्ने पेसा अपनाउने मानव आश्रमको उद्धार क्षेत्रअन्तर्गत नपर्ने उनको धारणा छ ।

‘सडकमा वास्तविक सडक मानव भए उद्धार गरेका छौं’, अध्यक्ष अधिकारी भन्छन्, ‘जाँडरक्सी खाने र माग्ने व्यक्तिलाई सम्हाल्नु हाम्रो चुनौती बनेको छ ।’

सडकमा वास्तविक बेवारिसे मानव हुन कि होइनन् भनी पहिचान गर्न एउटा ‘सडक मानव स्क्रिनिङ सेन्टर’ जरुरी रहेको उनी बताउँछन् ।

सबै सडकका मानवलाई त्यहाँ राखेर वास्तविक पीडित पहिचान गर्न सजिलो हुने अध्यक्ष अधिकारीको बुझाइ छ ।

उनका अनुसार आश्रमले हालसम्म १२ वर्षको अवधिमा ११ हजार सडक मानवको प्रत्यक्ष उद्धार गरेको छ । तीमध्ये एक सय ५० बालबालिका छन् । ज्येष्ठ नागरिक तीन सय छन् भने एक हजार सडक मानव मानसिक सन्तुलन गुमाएका छन् । आश्रमले सात प्रदेशको १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारी अलपत्र सडक मानवको उद्धार गर्ने संयन्त्र बलियो नहुँदा व्यवस्थापनमा समस्या आएको बताउँछन् ।

सडकमा जथाभावी डुल्ने, भौतारिने गर्दा कुलतमा पसेको, दुर्घटनामा पर्न सक्ने, शान्ति सुव्यवस्थामा खलल पुग्नेजस्ता गतिविधि हुने गरेको उनी बताउँछन् ।

‘प्रहरीले सडक मानव देख्नेबित्तिकै तत्काल खबर गर्ने संयन्त्रको अभाव छ’, प्रहरी उपरीक्षक अधिकारी भन्छन्, ‘स्थानीय सरकार बढी जबाफदेही हुनुपर्ने अवस्थामा यसप्रति खासै चासो दिएको देखिंदैन ।’ सडक मानव अपराधी नभएकाले अलपत्र परेका बेला भेटिएमा प्रहरीले थुनामा राख्न नमिल्ने उनी उल्लेख गर्छन् ।

‘तत्काल उद्धार गर्ने स्रोतसाधन प्रहरीसमक्ष छैन । केही संस्था सहयोगी भए पनि पर्याप्त उद्धार संयन्त्र छैन’, प्रहरी उपरीक्षक अधिकारी भन्छन् ।

स्थानीय सरकारले सहयोगी सङ्घसंस्थासँग समन्वय गरी सडक मानव उद्धारको पहल गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

Previous Post

प्रचण्ड-माधवसहितले प्रधानमन्त्रीलाई बुझाएको १३ बुँदे ज्ञापन पत्रमा के छ ? (पूर्णपाठ)

Next Post

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा: मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा: मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा: मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In