दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेसहित मिलेर बनेको दुईतिहाइ सरकार रक्षात्मक देखिँदा विपक्षी तीन दलका नेताहरु संकटमा परेका छन् । गणतन्त्र स्थापनायता नै सँधैजसो शक्तिमै रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ता गुम्दा ‘पानी विनाको माछो’ जस्तै बनेका छन् ।
यता प्रतिनिधिसभा निर्वाचनबाट एकाएक उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा पुगिसकेका छन् । उनि प्रहरी हिरासतमा पुगेसँग उनको पार्टी संकठमा पुगेको विश्लेषण गर्न थालिएको छ । सत्ता गुम्दा माओवादी अध्यक्ष प्रचण्ड र रविले भोग्नु परेको जस्तै नियती नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पनि भोगिरहेका छन् ।
नेकपा एमालेसँग विद्रोह गरेर नयाँ पार्टी खोलेका माधवको पार्टी यतिबेला फुटको संघारमा छ । उनलाई नेता कार्यकर्ता मिलाउन नै हम्मे हम्मे परेको छ । रवि पक्राउ परेसँगै सरकारको विरोधमा आगो ओकल्ने भन्दै एकसाथ हिडेका प्रचण्ड, माधव र रविको यात्रामा ब्रेक लाग्ने अवस्था देखिएको छ ।
नेकपा एमालेसँग विद्रोह गरेर नयाँ पार्टी खोलेका माधवको पार्टी यतिबेला फुटको संघारमा छ । उनलाई नेता कार्यकर्ता मिलाउन नै हम्मे हम्मे परेको छ । रवि पक्राउ परेसँगै सरकारको विरोधमा आगो ओकल्ने भन्दै एकसाथ हिडेका प्रचण्ड, माधव र रविको यात्रामा ब्रेक लाग्ने अवस्था देखिएको छ ।
त्यसो त प्रभावकारी नतिजा निकाल्न नसकी सरकार रक्षात्मक बनिरहेको भन्दै ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना चुलिएको छ । सरकारको यही कमजोरीलाई समातेर यतिबेला विपक्षी दलले दबाब बढाउने नीति लिएका छन् । आफ्नो अस्तित्व जोगाइराख्ने उद्देश्यले गत शुक्रबार मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक समेत बसेको थियो । बैठकबाट उनिहरुले सरकारमाथि ब्यापक दबाब बढाउने नीति लिने निर्णय गरेका थिए ।
हुनपनि तीन महिनामा राजनीतिक स्थायित्व, सुशासन र बाढीपहिरोको विपत्तिमा नतिजा निकाल्न नसकेर सरकार रक्षात्मक बनेको छ । यसैले विपक्षीले सत्तारुढ दलमाथि दबाब बढाउने नीति लिएका हुन् । सरकारका कदम आफ्नाविरुद्ध प्रयोग नहोस् भनेर उनीहरूले सरकारलाई घेर्ने नीति पनि लिएका छन् । बैठकले साना दल विभाजन गर्न खोजे सामूहिक प्रतिवाद गर्ने र सरकारमाथि दबाब बढाउने निर्णय गरेको छ ।
यता सरकारले भने संसद् अधिवेशन अन्त्य भएको मौकामा अध्यादेश ल्याएर साना दलहरू विभाजन गर्ने तयारी गरिरहेको बुझिएको छ । विपक्षी दलको बैठकमा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै चनाखो हुनुपर्ने समेत बताएका थिए ।
साना दल फुटाउने र प्रभावकारी काम नगरेका मन्त्री फिर्ता गरेर साना दलबाट मन्त्री बनाउने तयारी गरेपछि विपक्षी दल सशंकित देखिएका छन् । सरकारको यो तयारीलाई मोड्न विपक्षी दलले सरकारको प्रभावकारिताबारे प्रश्न उठाएका छन् । यतिमात्र होइन संसद् बन्द गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने हल्ला भएपछि विपक्षी दलले संसद् बैठक आह्वानमा दबाब बढाउने नीति लिएका छन् ।
यद्यपी विपक्षी दलको बैठककै राति रास्वपा सभापति रवि पक्राउ परेसँगै यतिबेला विपक्षी दलका नेताहरु उनको बचाउमा लागेका छन् भने सडक आन्दोलन समेत चर्कदै गएको छ ।













