• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एसइईमा अनुत्तीर्ण ९० हजार विद्यार्थीलाई प्री डिप्लोमा कोर्सको अवसर

by
३ कार्तिक २०८१,
0
एसइईमा अनुत्तीर्ण ९० हजार विद्यार्थीलाई प्री डिप्लोमा कोर्सको अवसर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण भएका अर्थात् नन ग्रेडेड विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को प्री डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छन् ।

सिटिइभिटीको यस निर्णयसँगै एसइईमा अनुत्तीर्ण भएका अर्थात् एनजी समूहमा परेका ९० हजार ८८८ जना विद्यार्थीले यो कोर्सको अध्ययन गर्न पाउने भएका छन् । एनजीमा परेका विद्यार्थीको एक वर्षसम्मको समय खेर नजाओस् भनेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जोडबलमा सिटिइभिटीले उनीहरूलाई प्री डिप्लोमा कोर्समा भर्नाको अवसर दिएको हो ।

प्री डिप्लोमा कोर्स १८ महिनाको हुन्छ । कोर्स अनुसार कुनैमा १२ महिनाको पढाइ तथा छ महिनाको ओजेटी (अन द जब ट्रेनिङ) रहन्छ भने कुनैमा १५ महिनाको पढाइ र तीन महिनाको ओजेटी हुन्छ । जस अन्तर्गत होटेल व्यवस्थापन, कृषि, इन्जिनियरिङ विधामा आधारित छ । यी विधा अन्तर्गत २३ वटा विषयमा आधारित रहेर पढ्न पाइन्छ ।

सिटिइभिटीका सहपरीक्षा नियन्त्रक गोविन्दकुमार श्रेष्ठका अनुसार एसइईमा सहभागी भएर जति वटा विषयमा एनजी आएका परीक्षार्थीले पनि यो कोर्सको अध्ययन गर्न पाउने छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि एसइईमा सहभागी परीक्षार्थीको नतिजालाई उत्तीर्ण र एनजी समूहमा विभाजन गरेर सार्वजनिक गरेको थियो । गत वर्षसम्म भने उनीहरूको प्राप्ताङ्क अनुसार विभिन्न ग्रेडमा विभाजन गरेर नतिजा सार्वजनिक गर्ने गर्दथ्यो ।

यसरी सार्वजनिक गरिएको नतिजामा निश्चित ग्रेड (विशेष गरी तल्लो ग्रेड हासिल गरेका) परीक्षार्थी प्री डिप्लोमा तहको कोर्समा भर्ना हुने गरेका थिए । गत वर्ष नतिजामा एनजी राख्ने प्रावधान थिएन ।

२०८० सालको एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सम्पूर्ण परीक्षार्थीलाई बोर्डले पहिलो पटक ग्रेड वृद्धि परीक्षामा सहभागी हुने मौका दिएको थियो । ग्रेड वृद्धि परीक्षामा दुई लाख १० हजार ३२१ जना सहभागी भएकोमा ५६.७८ प्रतिशत अर्थात् एक लाख १९ हजार ४२५ जना मात्रै उत्तीर्ण भएका थिए ।

उक्त नतिजा असोजको दोस्रो साता सार्वजनिक भएको थियो । जबकि असारमा सार्वजनिक भएको एसइईको पहिलो नतिजामा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए । ठुलो सङ्ख्यामा परीक्षार्थी अनुत्तीर्ण भएर कक्षा ११ मा भर्ना हुनबाट वञ्चित भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा अनुत्तीर्ण सबै विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय भएको थियो । ग्रेडिङ निर्देशिका, २०६८ मा दुई विषयमा एनजी आएका विद्यार्थीले मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था रहेकोमा मन्त्रालयको निर्देशनपछि यस पटक उक्त निर्देशिका संशोधन गरेर परीक्षामा अनुपस्थित तथा नन ग्रेडेड सबैलाई परीक्षामा सामेल हुने अवसर दिइएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Previous Post

वेस्ट इन्डिजलाई हराउदै न्यूजील्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा

Next Post

रवि पक्राउबारे सीके राउतको टिप्पणी- प्रतिशोध र निषेधको राजनीति

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
रवि पक्राउबारे सीके राउतको टिप्पणी- प्रतिशोध र निषेधको राजनीति

रवि पक्राउबारे सीके राउतको टिप्पणी- प्रतिशोध र निषेधको राजनीति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In