मोटोपन, मधुमेह, मृगौला सम्बन्धी रोग, कब्जियत आदिबाट पनि प्रेसर बढ्छ ।
यसको नियन्त्रण तथा रोकथामको लागि समयमै उपयुक्त शारीरिक व्यायाम गर्नु महत्वपूर्ण मानिन्छ ।
– व्यायामले शरीरभरि रगतको सञ्चार राम्रो गर्दछ ।
– व्यायामले अक्सिजन र पोषक तत्व कोष कोषमा पु¥याउँदछ ।
– व्यायामले रोगप्रतिरोधात्मक शक्ति बढाउँछ ।
– उपयुक्त व्यायामले पाचन प्रक्रियालाई ठीक राख्नुको साथै सबै निष्कासन प्रक्रियामा मद्दत गर्छ र कब्जियत हटाउन पनि मद्दत गर्दछ ।
– सही तरिकाले गरिने व्यायमले मानसिक रुपमा ठीक राख्नुको साथै राम्रो विचारको पनि विकास गर्दछ ।
– मानिसमा सिर्जनशीलताको पनि विकास गर्दछ ।
साभार ः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट













