सपना एक सामान्य स्वभाविक प्रक्रिया हो । सबै मानिसले सपना देख्छन् । सपनाले पछि हुने घटना–दुर्घटनाबारे समेत सङ्केत दिने ठानिन्छ । स्वप्नशास्त्रका अनुसार सपनाको केही न केही अर्थ हुन्छ ।
प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ । सपना शास्त्रले पनि सपनामा जे देखिन्छ त्यसको वास्तविक जीवनसँग कुनै न कुनै सम्बन्ध हुन्छ भनेको छ ।
विज्ञ ज्योतिषहरुका अनुसार सपनामा कुकुर देख्नुको धेरै अर्थ हुन सक्छ, कसैलाई राम्रो हुन्छ भने कसैलाई अशुभ मानिन्छ । यदि सपनामा कुकुरले टोकेको देखियो भने आफ्नै प्रिय मानिसबाट धोका पाउन सकिने वा आफ्नो जीवनसाथीको अरु कोहीसँग अनैतिक सम्बन्धमा रहेको सङ्केत गर्दछ ।
त्यस्तै सपनामा कुकुरले पछ्याउँदै गरेको देखियो भने आफूले चाहेको वा मनपराएको व्यक्तिले पनि आफूलाई गहिरो प्रेम गर्ने कुराको सङ्केत गर्दछ ।












