सादा वस्त्र, सानो कुटी, दुई छाक सात्विक आहारमा सन्तुष्ट भएर जीवन बिताउन सके समाजको दवाव, प्रदर्शन, भूmटा वावाही र इन्द्रियका सुखका पछाडि लागेर अकथनीय दुःख मानिसले पाउने थिएन ।
सत्यको जिज्ञासा नगर्ने, आफ्ना हृदयमा आपूmलाई न खोज्ने, नचिन्ने, मिथ्या लहैलहैमा लाग्ने, स्वार्थ लोभ र इन्द्रिय सुखका लागि, कर्ममा प्रवृत्त हुने जीवहरूलाई मूढ, दम्भी, अहङ्कारी, मूर्ख, अज्ञानी नामले चिन्नुपर्छ ।
आत्मशान्तिका लागि र सत्सङ्ग, विवेक र धैर्यको सान्निध्य लिनुपर्छ । जीवन यहीँ छ, यसै क्षणमा छ । श्वासका साथ मित्राता गरेर अन्तर्मुखी बानी बनाएर रहन सिक्नुपर्छ । भित्रको अधुरोपनाले बाहिर भड्काउँछ ।
ठूलाबडाहरू मदिरा जुवातास, कलह, राजनीतिको छिनाझम्टी, पाप, छल गरेर समय बिताइरहेका छन् । दुःखको कारण अज्ञान र तृष्णा हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













