नयाँ दुलहीले मुस्कुराउँदै आफ्नो श्रीमान्सँग भनी— तपाईंलाई थाहा छ, मैले १६ दिनसम्म तुलसीको पत्ता मात्र खाएर दिन बिताएकी थिएँ ।
अनि दुई वर्ष प्रत्येक मङ्गलबार व्रत पनि बसेकी थिएँ ।
श्रीमान् ः अचम्म मान्दै, अनि के भयो त ?
नयाँ दुलही ः अरु के हुनु नि ! त्यति गरेपछि मात्र मैले तपाईंलाई श्रीमान्का रुपमा पाएकी हुँ ।
श्रीमान् ः झनै अचम्म मान्दै, तिमीले त्यति नगरेको भए के हुन्थ्यो ?
नयाँ दुलही ः मैले त्यति नगरेको भए बुढीकन्या नै बस्नुपर्ने थियो । मलाई कोही केटाले त हेर्दैनथे ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













