• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

साढे २१ अर्ब ऋणमा बनेको पोखरा विमानस्थलको लगानी कहिले उठ्छ ?

by
१२ पुस २०७९,
0
साढे २१ अर्ब ऋणमा बनेको पोखरा विमानस्थलको लगानी कहिले उठ्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि करिव २२ अर्ब लगानी लागेको छ । २०७३ बैशाख १ मा शिलान्यास भएको विमानस्थल करिव ७ वर्षपछि निर्माण पूरा भएको छ । विमानस्थल बनाउन चीनको एक्जिम बैंकबाट ऋण लिइएको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सकिएपछि यही जनवरी १ देखि अन्तर्राष्ट्रिय उडान भर्ने तयारी छ ।

तत्कालीन समयमा २१ अर्ब ४७ करोड लागत लाग्ने बताइएको थियो । इपिसी मोडलमा बनेको विमानस्थलमा काम ढिलो सकिए पनि लागत बढ्ने थिएन । एक्जिमले ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान दिएको हो । २ प्रतिशत ब्याजदरमा लिइएको बैंकको ऋण सरकारले तिर्न थालिसकेको छ ।

करिब ४ हजार रोपनी क्षेत्रफलमा विमानस्थल निर्माण गरिएको छ । यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको छ । तर, यहाँको भुगोलका कारणले ठूला जेट विमान उडान र अवतरण नहुने बताइएको छ । एयरबस मात्रै पोखरामा ल्याण्ड हुन सक्ने प्राविधिक बताउँछन् ।

पोखराको रनवे २ हजार ५ सय मिटर लामो छ । विमानस्थल तयार भएसँगै पोखरेलीको चासो यसको लगानी कसरी उठ्छ भन्नेतर्फ मोडिएको छ । नागरिक उड्ययन प्राधिकरणका जिम्मेवार अधिकारीहरुसँग लगानी उठाउने विषयमा छलफल भएको थियो । पुर्व अर्थसचिव रामेश्वर खनालले अहिलेको भन्दा पर्यटक बढाउन सके ९ वर्षमै लगानी उठ्ने बताएका छन् ।

हवाई विभागका पुर्व महानिर्देशक समेत रहेका खनालले अर्थतन्त्रको हिसावले यो महत्वपूर्ण रहेको बताए । ‘पोखरा आन्तरिक पर्यटकको हव हो । अन्य सहरसँग जोड्न सके नेपाली पर्यटकबाट मात्रै पनि यो इकोनोमेकल्ली भायवल हुन्छ,’ उनले भने, ‘परिकल्पना गरे अनुसार पर्यटक बृद्धी गर्न सके वर्षमा १ खर्वको आम्दानी गर्छ । यो हिसावले यहाँको लगानी ओभर इन्भेष्टमेण्ट भएको होइन ।’

२०१९ को तथ्यांक अनुसार ७ लाख प्यासेन्जर फ्लाइट भएको थियो । २०१६ मा साढे ३ लाख मात्रै जहाजमा आउजाउ गर्थे । लगानी उठाउन पर्यटकको संख्या अझै अधिक बढाउनुपर्ने विज्ञहरुको सुझाव छ । विमानस्थल बनाउन २०३२ सालमा जग्गा अधिग्रहण गरिएको थियो । ४० वर्ष जग्गा अधिग्रहणपछि पनि खेती गरिएको छ । पोखराका नागरिक अगुवा र व्यवसायीहरुले निरन्तर अनसन बसेपछि मात्रै विमानस्थल निर्माण चरणमा प्रवेश गरेको हो ।

महानिर्देशक प्रदीप अधिकारी पोखराको लगानी खासै महँगो नभएको बताउँछन् । ‘सुरुमा महँगो भयो, विमानस्थल बनाउन हुँदैन भन्ने छलफल भएको थियो । कष्ट एनालाइसिस गरेर हेर्दा गौतम बुद्धमा भन्दा पोखराको सस्तो परेको हो,’ उनले भने, ‘१४ वटा विल्डिङ निर्माण र रनवेमा सिमेण्ट कंक्रिट प्रयोग गरिएको छ । संरचना नेपालमा पनि यो लेवलको पुर्वाधार तयार भएको छ ।

यसमा गर्व गर्नुपर्ने धेरै ठाउँ छन् ।’ तर चुनौति भने पोखरामा अत्यधिक रहेको उनले सुनाए । ‘बाटोको समस्या छ । फोहोर त लगभग समाधान भएको छ । पर्यटनको राजधानी पोखरामा ४ बजेपछि फ्लाइट बन्द हुन्छ । त्यसैले राती पनि चल्ने यो विमानस्थल अति आवश्यक छ,’ उनले भने, ‘यो विमानस्थलले पोखराको मात्रै होइन, देशको अर्थतन्त्रमा पनि सहयोग पुग्छ ।’ निर्माण सकिएसँगै विमानस्थलमा पहिलो फ्लाइटको लागि धेरै विदेशी हवाई कम्पनीले पनि चासो दिएका छन् ।

Previous Post

चीनले श्रीलंकामा सी कुकुम्बर फार्ममा लगानी गर्दैछ

Next Post

विदेशी नागरिकलाई गृहमन्त्री बनाउने कुनै नीति छैनः धर्मेन्द्र बास्तोला

सम्बन्धित खबर

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
आवाज

प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

२७ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

२७ फाल्गुन २०८२,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

२७ फाल्गुन २०८२,
Load More
Next Post
विदेशी नागरिकलाई गृहमन्त्री बनाउने कुनै नीति छैनः धर्मेन्द्र बास्तोला

विदेशी नागरिकलाई गृहमन्त्री बनाउने कुनै नीति छैनः धर्मेन्द्र बास्तोला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In