• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रवि छुट्ने भएपछि निकिता भन्छिन्– बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ

    चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी

    प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी

    प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

    सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

    कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

    कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण

by
२७ भदौ २०८१,
0
पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यालयकक्षामा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम पनि सिक्ने गर्छन् ।

विद्यालयमा पढाइ सँगसँगै तरकारी खेतीसम्बन्धी प्रयोगात्मक अभ्यास हुन थालेपछि प्रसन्न तरकारी खेतीसम्बन्धी काम गर्न अभ्यस्त हुन थाल्नुभएको हो । “सधैँ किताब मात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैन थियो, अहिले फरक सीप सिक्न पाउँदा सीप र पढाइ दुवै प्रभावकारी भइरहेको छ”, नवीनले भने।

विद्यालयमा गत वर्षदेखि सञ्चालन गरिएको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत तरकारी खेती सुरु भएपछि नवीन जस्तै विद्यालयको कक्षा ४ देखि ७ सम्म अध्ययनरत विद्यार्थी सहभागी भई सीप सिकिरहेका छन् ।

कक्षा ५ मा अध्ययनरत समीक्षा पाठकले विद्यालयको करेसाबारीमा काम गर्न पाउँदा खुसी लागेको बताए । “यसअघि विद्यालयमा पढाइ मात्र हुने गरेको थियो, अहिले तरकारी खेती पनि सुरु भएको छ । पढाइसँगै सीप सिक्न पाउँदा हामी उत्साहित छौँ, यो प्रभावकारी कार्यक्रम हो”, उनले भने ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर सुरु गरिएको पढ्दै कमाउँदै कार्यक्रम विद्यार्थीबीच प्रभावकारी बन्दै गएको विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पौडेलले बताए । “कावासोती नगरपालिकाले करेसाबारी कार्यक्रमअन्तर्गत रु २५ हजार बजेट विनियोजन गरेपछि विद्यालयको चार कट्ठा जग्गामा उक्त कार्यक्रम सुरु गरेका हौँ”, उनले भने, “विद्यालयमा यो कार्यक्रम सुरु भएपछि विद्यार्थीको सिकाइमा थप प्रभाव देखिएको पाएका छौँ ।”

विद्यार्थीले विद्यालय परिसरमा रहेको करेसाबारीमा मौसम अनुसारका तरकारी लगाउने गरेका छन् । उत्पादित तरकारी विद्यालय हाताभित्रबाटै बिक्री गर्ने वातावरण मिलाइएको प्रअ पौडेलले जानकारी दिए। “विद्यार्थी अहिले पढेका कुरा अभ्यास गर्ने र व्यावसायिक रूपमा खेतीसम्बन्धी प्राविधिक ज्ञान आर्जन गरिरहेका छन्”, उनले भने ।

विद्यार्थीलाई सुरुमा यस कार्यक्रममा सहभागी गराउन मुस्किल भए पनि बिस्तारै चासो दिन थालेका विद्यालयकी पढ्दै कमाउँदै कार्यक्रम संयोजक अनिता थनेतले बताए । “विद्यार्थीको अथाह मेहनतले आज राम्रो नतिजा प्राप्त भएको छ”, उनले भने, “बालबालिकालाई सानै उमेरदेखि मेहनत र सीपको महत्त्व देखाउँदै अर्थ उपार्जनका क्षेत्रमा जागरूक बनाउन यस्तो कार्यक्रम फलदायी हुने देखिएको छ ।”

विद्यार्थीले कक्षामा गर्नु पर्ने परियोजना कार्यसँगै तरकारी खेतीलाई जोडिएको विद्यालयका इन्चार्ज हिरा महतोले बताए । “यो सिजनमा तिल र भिन्डी उत्पादन गरिएको छ, विद्यार्थीले रु तीन हजार पाँच सयको तरकारी बिक्री गरिसकेका छन् भने तिल बिक्री गर्न बाँकी छ”, उनले भने ।

नगरपालिकाले गत आर्थिक वर्षदेखि २० वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेको शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिए । उनका अनुसार विद्यालयको करेसाबारीमा विद्यार्थीद्वारा उत्पादित तरकारीलाई विद्यालयको दिवा खाजामा प्रयोग गर्ने गरिएको छ ।

“दिवा खाजालाई अर्ग्यानिक तरिकाले अगाडि बढाउने, विद्यालयको परिसरलाई हराभरा बनाउने र विद्यालयमा खेर गएको स्रोतसाधनलाई प्रयोग गर्ने मुख्य उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालयमा लागू गरिएको हो”, पाण्डेले भने । कार्यक्रम प्रभावकारी बन्दै जानुका साथै विद्यार्थीमा प्राविधिक ज्ञान वृद्धि हुने भएकाले अन्य पालिकाले पनि यसलाई अनुसरण गर्नुपर्नेमा उनले जोड दिए ।

Previous Post

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक बोलाइयो

Next Post

इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी

सम्बन्धित खबर

रवि छुट्ने भएपछि निकिता भन्छिन्– बेइमानीहरूको रजगजमा नखाएको विष पनि लाग्दो रहेछ
फिचर-ब्यानर

चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी

२३ फाल्गुन २०८२,
प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्यमा काठमाडौँ ५ मा रास्वपाका पोखरेल विजयी

२३ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२३ फाल्गुन २०८२,
सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल
आवाज

सरकारले अभिभारा पूरा गरेको छ, निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

२३ फाल्गुन २०८२,
कास्की २ मा रास्वपाका पौडेल निर्वाचित
फिचर-ब्यानर

कास्की २ मा रास्वपाका पौडेल निर्वाचित

२३ फाल्गुन २०८२,
काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

२२ फाल्गुन २०८२,
Load More
Next Post
इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी

इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In