काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कार्यक्रमस्थलबाहिर सहकारी पीडितले प्रदर्शन र नाराबाजी गर्दै कालो झन्डा देखाएका छन् । सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् ।
लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । कार्यक्रमस्थलमा उनीहरुले नारावाजी सहित प्रदर्शन गरिरहेका छन्रास्वपा सभापति लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न आजै पोखरा गएका थिए ।
पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रमको आयोजना गरिएको छ। सोही ब्याक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले प्रदर्शन गरेका हुन् । उक्त क्षेत्रमा उत्पन्न हुन सक्ने घटना निरिक्षणका लागि प्रहरी समेत परिचालन गरिएको स्रोतले जनाएको छ।
‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नाराका प्ले कार्ड बोकेर पदर्शनकारीहरुले नाराबाजी गरेका छन् । सहकारी प्रकरणमा मुछिनुभन्दा पहिला पोखरावासीले लामिछानेको ठूलो सत्कार गर्ने गरेका थिए । तर सहकारी ठगी गरेर पनि उल्टै पीडितलाई पेल्न खोजेपछि पोखरावासी मात्र होइन् देशभरीका सहकारी पीडितहरुले लामिछानेको कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रश्न गर्न थालेका छन् ।
सहकारी पीडितको प्रदर्शनका कारण रवि लामिछानेलाई सुरक्षा दिएर कार्यक्रम हलमा पुर्याइएको छ । कार्यक्रमस्थलबाहिर सहकारी पीडितले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् ।













