• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छैटौँ पटक प्रधानमन्त्री बन्ने तयारीमा देउवा

by
७ पुस २०७९,
0
तिहारमा प्रधानमन्त्रीको शुभकामना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार बुधबार सम्पन्न निर्वाचनमा ६४ मत प्राप्त गरी प्रधानमन्त्री देउवा निर्वाचित हुनुभएको हो।

संसदीय दलको नेतामा उम्मेदवारी दिनुभएका कांग्रेस महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्नुभयो। कांग्रेस संसदीय दलको नेता चयनका लागि ८९ जना सांसदले मतदान गर्नुभएको थियो। प्रतिनिधि सभाको पहिलो दल कांग्रेसका सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक उपसभापति पूर्णबहादुर खड्का हुनुहुन्थ्यो। महामन्त्री थापाका प्रस्तावकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला र समर्थकका रूपमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल हुनुहुन्थ्यो। कांग्रेसको विधानमा संसदीय दलको नेता प्रधानमन्त्री पदको उम्मेदवार हुने व्यवस्था छ।

सभापति देउवाको प्रतिबद्धता

संसदीय दलको नेतामा निर्वाचित भएपछि सभापति देउवाले पार्टीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले दलको नेताको निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, “निर्वाचन समिति र पार्टीका साथीहरूलाई मलाई विजयी गराउनुभएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु। अब नेपाली कांग्रेसलाई सुदृढ रूपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यावधानमुक्त राख्नेछु। सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद१”

देउवाको अविराम यात्रा

कलिलो उमेरमै राजनीतिक आन्दोलनमा होमिनुभएका प्रधानमन्त्री देउवाको जीवन धेरै उतारचढावपूर्ण छ। लोकतान्त्रिक आन्दोलनमा जेलनेल भोग्नुभएका उहाँ सन्तुलित र समन्वयकारी राजनीतिज्ञका रूपमा परिचित हुनुहुन्छ। प्रधानमन्त्री देउवा संसदीय राजनीतिका एक सफल नेतासँगै अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा सफल राजनीतिज्ञ हुनुहुन्छ। मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उहाँ सुदूरपश्चिम प्रदेशको डडेल्धुराबाट निर्वाचित हुनुभएको थियो।

प्रधानमन्त्री देउवा डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्रामको रुवा खोलामा प्रसादसिंह देउवा र दुर्गादेवी देउवाको कोखबाट २००३ साल जेठ ३१ मा जन्मनुभएको हो। प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा झन्डै १० वर्ष जेल जीवन बिताउनुभएका देउवा छैटौँ पटक संसदीय दलमा निर्वाचित भएर प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ। उहाँ २०४८, २०५१ र २०५६ को प्रतिनिधि सभा, २०६४ र २०७० को संविधान सभा ९कञ्चनपुरसहित० र २०७४ मा प्रतिनिधि सभा सदस्यमा डडेल्धुराबाट निर्वाचित हुनुभयो। २०४८ सालमा सांसद निर्वाचित भएर गृहमन्त्री बन्नुभएका देउवाले त्यसपछि पटक–पटक प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालिरहनुभएको छ।

२०७८ साल मङ्सिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित देउवाले विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसहितका नेताको सान्निध्यमा रहेर काम गर्नुभयो। पञ्चायतकालमा विद्यार्थी आन्दोलनलाई अघि बढाउनुभएका उहाँ नेपाल विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएको छ। साथै उहाँले लन्डन स्कुल अफ इकोनोमिक्सका फेलो र भारतको प्रसिद्ध जवाहरलाल नेहरू विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ।

गठबन्धनका सूत्रधार

दुई पटक संसद् विघटन र सर्वोच्च अदालतबाट पुनस्र्थापना भएपछि कांग्रेस सभापति देउवाकै नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बन्यो। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनलाई निरन्तरता दिँदै उहाँले वैशाख ३० गते देशभरि एकै चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गराउनुभयो।

पार्टीभित्रको दबाबबीच मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि उहाँले गठबन्धनलाई निरन्तरता दिँदै कांग्रेसलाई पहिलो पार्टी बनाउनुभयो तर स्थानीय तहमा गठबन्धनमा रहेको जसपा छुट्टिएपछि उहाँले लोकतान्त्रिक समाजवादी पार्टीसँग सहकार्य अघि बढाउनुभयो।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको पृष्ठभूमिमा उहाँले गठबन्धनकै सरकार निर्माण गर्ने प्रस्ट पार्नुभएको छ। नयाँ सरकार गठनका लागि उहाँले गठबन्धन दलका शीर्ष नेतासँगै अन्य राजनीतिक दलका नेतासँग पनि संवाद अघि बढाउनुभएको छ।

Previous Post

चिनियाँ नागरिकको गिरोह नेपाली युवाहरुको बेचबिखनमा समेत संलग्न रहेको खुलासा

Next Post

अमेरिका पुगेपछि बाइडेन र जेलेन्स्कीबीच के विषयमा छलफल भयो ?

सम्बन्धित खबर

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी
आर्थिक

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

११ चैत्र २०८२,
Load More
Next Post
अमेरिका पुगेपछि बाइडेन र जेलेन्स्कीबीच के विषयमा छलफल भयो ?

अमेरिका पुगेपछि बाइडेन र जेलेन्स्कीबीच के विषयमा छलफल भयो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In