• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

    सिक्लेसमा पर्यटक आगमन घट्यो

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

    आर्थिक गणना वैशाख २ देखि

    आर्थिक गणना सफल बनाउन आग्रह

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अख्तियारमा उजुरी परेपछि लिस्बनको बाणिज्यदूत कार्यालय बन्द

by
३१ साउन २०८१,
0
अख्तियारमा उजुरी परेपछि लिस्बनको बाणिज्यदूत कार्यालय बन्द

Ministry_OF_FOREIGN_AFFAIRS

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पोर्चुगलको लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालय बन्द भएको छ । त्यहाँस्थित नेपाली महावाणिज्यदूत मकरबहादुर हमालका विरुद्धमा अनियमितताको आरोपमा अख्तियारमा उजुरी परेपछि सो महावाणिज्यदूतको कार्यालय बन्द भएको हो ।

नेपाल सरकारले उनलाई सन् २०१४ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो र पछि बढोत्तरी गरेर महावाणिज्यदूत बनाएको थियो ।

उनको कार्यकाल यही जुलाई ११ सम्म रहेको र आफ्नो कार्यकाल थप गर्नका लागि उनले परराष्ट्र मन्त्रालयमा आवेदन पनि गरेका थिए ।

तर त्यहाँ रहेका नेपालीहरुका विभिन्न शीर्षकका रकम उनले अपचलन गरेको भनेर उनका विरुद्धमा अख्तियारमा उजुरी परेपछि त्यसको छानबिन भइरहेकाले तत्कालका लागि उनको म्याद थप्न नहुने परराष्ट्र मन्त्रालयले जनाएको हो ।

उनको नवीकरण नहुँदा नेपालीका दैनिक समस्याहरु समाधान गर्न, अड्डा अदालतमा बहस, पैरवी गर्न र विभिन्न सरकारी निकायसँग समन्वय गर्ने कार्य समेत हाल हुन सकिरहेको छैन ।

हाल त्यहाँबाट हुने गरेका सम्पूर्ण सेवाहरुको लागि नेपाली राजदूतावास पेरिसमा सम्पर्क गर्नुपर्ने भएको छ । पोर्चुगलमा सरकारले राजदूताबास स्थापना गरेर राजदूत नियुक्ति पनि गरिसकेको छ, तर पनि त्यहाँ पुग्न समय लाग्ने भएको छ ।

तर यता हमालका विरुद्धमा भने नेपालीहरुको रकम अपचलन गरेको, भूकम्प देखि विभिन्न समयमा रकम उठाएर सम्बन्धित व्यक्ति तथा पक्षसमक्ष नपुर्याएको र नेपालीहरुलाई दिनुपर्ने सेवाका लागि बढी रकम लिएको भनेर त्यहाँ रहेका नेपालीहरु मार्फत् नै अख्तियारमा उजुरी परेको छ ।

यो उजुरी पछि उनको म्याद परराष्ट्रको प्रोटोकल शाखाले थप्न नहुने जनाएपछि हाल रोकिएको छ । यसबाट विभिन्न देशमा रहेका नेपालका बाणिज्यदूतका कार्याहरुको पारदर्शिताको प्रश्न पनि उठेको बताइन्छ ।

उनको यो उजुरी पछि अब विश्वका विभिन्न देशमा रहेका बाणिज्यदूत एवं महावाणिज्यदूतहरुले दिइरहेको सेवा, उनीहरुले नेपालीहरु समक्ष ती सेवाका लागि लिने गरेको दस्तुरको पुनरावलोकन हुनुका साथै उनीहरुमार्फत् ती देश तथा स्थानमा रकम संकलनजस्ता कार्यको पारदर्शिताका विषयमा अब परराष्ट्रले एक मेकानिजम बनाएर काम गर्ने जनाएको छ ।

Previous Post

दुई सातापछि एनसेल कसको होला ?

Next Post

सिड्नीबाट बेपत्ता सुभाषको खोजीका लागि नगर प्रमुख खरेल दूतावासमा

सम्बन्धित खबर

गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै
टुरिजम

सिक्लेसमा पर्यटक आगमन घट्यो

२० चैत्र २०८२,
ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
आर्थिक

ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

२० चैत्र २०८२,
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
आवाज

संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

२० चैत्र २०८२,
आर्थिक गणना वैशाख २ देखि
आर्थिक

आर्थिक गणना सफल बनाउन आग्रह

२० चैत्र २०८२,
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
आवाज

संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

२० चैत्र २०८२,
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
आवाज

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

२० चैत्र २०८२,
Load More
Next Post
सिड्नीबाट बेपत्ता सुभाषको खोजीका लागि नगर प्रमुख खरेल दूतावासमा

सिड्नीबाट बेपत्ता सुभाषको खोजीका लागि नगर प्रमुख खरेल दूतावासमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In