• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनको तयारी

by
३१ साउन २०८१,
0
नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

त्रिशूली ।नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी गरिएको छ ।

विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत एक हजार तीन सय ७० जना कैदीबन्दी राख्ने क्षमताको भौतिक संरचना निर्माण सम्पन्न भएको छ । बुधबार कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले यहाँ निर्माणकार्यको अनुगमन गरेसँगै अबको केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भएको जनाइएको हो ।

महानिर्देशक आचार्यले महिलाको लागि एक र पुरुषका लागि चार वटा ब्लकसहित संरचना निर्माणको काम पूरा भएकाले अब चाँडै कैदीबन्दी स्थानान्तरण गरिने बताए । ‘कारागार निर्माणको पहिलो चरणमा जग्गाको चारकिल्ला निर्धारण गरेर दोस्रो चरणमा एक हजार तीन सय ७० जना कैदीबन्दी अट्ने क्षमताको पाँच वटा ब्लक निर्माण गरिएको छ’, महानिर्देशक जयनारायण आचार्यले भने, ‘तयार भएका भवनमा कैदीबन्दी राख्न कारागार, शौचालय, स्नानकक्ष, खेल मैदानसहित आधुनिक एवं सुविधा सम्पन्न संरचना निर्माण गरिएका छन् ।’

कूल सात हजार कैदीबन्दी अट्ने क्षमताको भौतिक संरचना निर्माणसहित शिक्षालय, पुस्तकालय, अस्पताल, सीप विकास तथा प्रवर्द्धन केन्द्र, योग तथा ध्यान केन्द्रसहित आधुनिक सुधार गृहको रूपमा नुवाकोटमा केन्द्रय कारागार भइरहेको छ । अब निर्माणको काम तेस्रो चरणमा प्रवेश गर्न लागेको त्यस अवसरमा जानकारी दिइएको थियो ।

निर्माणको काम लक्ष्यभन्दा निकै ढिलो

यसअघि तेस्रो चरणको कामका लागि ठेक्का निकालेर सम्झौता प्रक्रियामा पुगे पनि स्थगित गरिएको थियो तर सरकारको निर्णयअनुसार नुवाकोटमा करिब सात हजार कैदीबन्दी अट्ने संरचना निर्माण गर्ने लक्ष्यअनुसार नै काम अघि बढाइने महानिर्देशक आचार्यले विश्वास दिलाए ।

केन्द्रीय कारागार निर्माणको ‘गुरू योजना’ मा समावेश भएकामध्ये निर्माण गर्न बाँकी भौतिक संरचना तेस्रो चरणको कार्यक्रममा समावेश हुने अनुगमनपश्चात् नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

सात हजार कैदीबन्दी क्षमताको केन्द्रीय कारागार पाँच चरणमा १० वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर सरकारले निर्णय गरेको १० वर्ष पूरा हुँदा बल्ल भौतिक संरचना निर्माणअन्तर्गत करिब १९ प्रतिशत काम भएको छ । यहाँ अझै पाँच हजारभन्दा बढी कैदीबन्दी राख्ने संरचनासहित अस्पताल, शिक्षालयसहितको संरचना निर्माण गर्न बाँकी छ ।

विसं २०७० चैत २० गते बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले काठमाडौंमा रहेको केन्द्रीय कारागार नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । संघीय संरचनानुसार नुवाकोटमा निर्माण भइरहेको कारागारलाई केन्द्रीय कारागार, सातवटै प्रदेशमा प्रादेशिक कारागार र सबै जिल्लामा एक/एक जिल्ला आधुनिक कारागार बनाउने सरकारको लक्ष्य छ ।

Previous Post

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

Next Post

भारतको ७८औँ स्वतन्त्रता दिवसमा छ हजार विशेष अतिथि

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
भारतको ७८औँ स्वतन्त्रता दिवसमा छ हजार विशेष अतिथि

भारतको ७८औँ स्वतन्त्रता दिवसमा छ हजार विशेष अतिथि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In