• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा

by
२६ साउन २०८१,
0
लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ । लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ । नभन्दै परेवाडाँडामा भएको जोडी परेवाको प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्य स्थल बन्ने भएको छ ।

मध्यपहाडि लोकमार्गअन्तर्गत सुन्दरबजारको खत्रीठाँटीदेखि खत्रीठाँटी–कुन्छा सडकको परेवाडाँडा–हरिया खण्डबाट एक सय मिटरको दूरीमा रहेको मणिडाँडामा जोडी परेवाको प्रतीकसहित पार्क निर्माणको कार्य थालनी गरिएको छ । सडकबाट जोडी परेवाको प्रतीकसहित भएको पार्कसम्म जान केही उकालो भए पनि बाटोमा सिँढी निर्माण गरी पैदल यात्रालाई सहज बनाइएको छ ।

पछिल्लो समय ग्रामीण पर्यटकको पर्याय बन्दै गरेको लमजुङमा अर्को पर्यटकीय गन्तव्यको निर्माणसँगै परेवाडाँडाको विकासमा थप टेवा पुग्ने अनुमान गरिएको छ । उपयोग नभएको मणिडाँडामा रहेको १४ रोपनी सार्वजनिक जमिनमा करिब २०० वर्ष पुनाको आँपको बगैँचा रहेको छ । सो बगैँचाकोसमेत संरक्षण गर्नेगरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पार्क निर्माणको थालनी गरिएको सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठ बताउछन् ।

मणिडाँडालाई वनभोजस्थल र पार्कसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ सो कार्य गरिएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । उनका अनुसार निर्माणाधीन पार्क परिसरमा जोडी परेवाको प्रतीक स्थापना, शहीदहरूको शालिक निर्माण, पर्यटकहरूका लागि पानी पर्दा ओत लाग्नका लागि टहरा निर्माण गरिएको छ भने मणिडाँडामा रहेको पार्क परिसरमा राष्ट्रिय झन्डा राख्नका लागि पनि छुट्टै संरचना तयार गरिएको छ ।

जोडी परेवाका प्रतीक निर्माणका लागि वडा कार्यालयले चालु आवमा सात लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही स्थानमा दुई लाख ५० हजार खर्च गरेर शहीद मोहनलाल श्रेष्ठको शालिकसमेत निर्माण भएको छ । मणिको डाँडामा रहेको मणिको चौताराको मर्मत तथा स्तरोन्नति गर्ने र नेपालको ठूलो राष्ट्रिय झन्डा राख्ने योजना समेत वडा कार्यालयको रहेको छ ।

यस स्थानमा रहेका पुराना आँपका रुखहरूको संरक्षण खाली स्थानमा वृक्षरोपण गर्नुका साथै वनभोजका लागि आवश्यकपर्ने भौतिक संरचना, शौचालय निर्माण, खानेपानीको व्यवस्था लगायतको संरचना निर्माण गर्ने कार्य छिट्टै थालनी गर्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

मणिडाँडा परापूर्वकालमा कुन्छामा पुरानो जिल्ला सदरमुकाम हुँदा सिपाहीहरूले परेड खेल्ने ऐतिहासिक ठाउँ समेत भएको र परेड खेल्ने डाँडा शब्द अपभ्रंश भई परेवाडाँडा नाम राखिएको भन्ने बुढापाकाको भनाइ रहेको स्थानीय सयपत्री बोर्डिङका प्रिन्सिपल ज्ञानेन्द्र शर्मा बताउछन् ।

यस पार्क परिसरबाट लमजुङको सुन्दर बजार, तनहुँको भानु नगरपालिका–११ को मानेचौका बजार, टुहुरेपसल, राइपाली भञ्ज्याङ, राइनास नगरपालिकाको धमिलि कुवा, राइनासकोट तथा गोरखाको पालुङटार र लिगलिगकोटकोसमेत दृश्यावलोकन गर्न सकिन्छ । वडाध्यक्ष श्रेष्ठका अनुसार सो स्थानलाई प्रवर्द्धन गर्न विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने, यहाँको हटिया बजारमा कोदोबाट उत्पादन हुने रक्सीलाई प्रवर्द्धन गर्ने योजना रहेको छ ।

Previous Post

पुर्व पतीका बिबाहलाई लिएर सामान्था मौन

Next Post

नेल्सन मण्डेलाको सफलता

सम्बन्धित खबर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य
फिचर-ब्यानर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

७ चैत्र २०८२,
बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु
फिचर-ब्यानर

बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

७ चैत्र २०८२,
धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद
समाचार

धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

७ चैत्र २०८२,
आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै
खेलमैदान

आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

७ चैत्र २०८२,
पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै
समाचार

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

७ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

७ चैत्र २०८२,
Load More
Next Post
नेल्सन मण्डेलाको सफलता

नेल्सन मण्डेलाको सफलता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In