• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संस्कृति र स्थानीय उत्पादनको प्रवद्र्धन गर्न महोत्सव

by
५ पुस २०७९,
0
संस्कृति र स्थानीय उत्पादनको प्रवद्र्धन गर्न महोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ५ पुस । लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नाराका साथ पुस ७–१८ गतेसम्म लेखनाथ महोत्सव गरिने भएको छ । महोत्सवको पूर्वसन्ध्यामा आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गरी १८ औं संस्करणको लेखनाथ महोत्सव २०७९ को तयारी पूरा भएको जानकारी दिएको हो ।

पोखरा–२७ तालचोक स्थित डाँडाकोनाकमा संचालन हुने उक्त महोत्सवको मुख्य उद्देश्य वित्तीय क्षेत्रको तरलतालाई चलायमान, औद्योगिक उत्पादन तथा हस्तकलाका सामान, स्थानीय उत्पादन लघु तथा साना उद्योगको प्रवद्र्धन गर्नुको साथै आवश्यक ज्ञान सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्नु रहेको जानकारी लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले दिनुभयो ।

यसका अलवा जातीय भेषभूषा, कला, संस्कृति, रितिरिवाजको जगेर्ना, आन्तरिक एवं वाह्य पर्यटक आकर्षण गर्नु पनि रहेको पत्रकार सम्मेलनमा बताइएको छ । महोत्सवको अर्को आकर्षण यस क्षेत्रका पर्यटकीय स्थल बेगनास तथा रुपातालका साथै यस वरपरका कोट, मठमन्दिर,तथा हरियाली जंङ्गलको साङ्केतिक रुपमा प्रतिबिम्वित हुने गरी प्रदर्शन गरिने जानकारी अध्यक्ष आत्रेयले दिनुभयो ।

दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्नुको साथै दश करोड रुपैयाँको कारोबार हुने अनुमान आयोजक संस्थाले गरेको छ । महोत्सव स्थलमा ३३७ स्टलहरु राखिने भएको छ । महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी, ८५ लाख रुपैयाँ खर्च र दश लाख रुपैयाँ मुनाफा हुने अनुमान आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघको छ ।

महोत्सवबाट हुने मुनाफाले प्रदर्शनी स्थल र संघको भवन स्थरउन्नतिका, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास र लेखनाथ क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण लागि सरकारसँग पहल गर्ने रहेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ ।

महोत्सव सफल रुपमा सम्पन्न गर्नका लागि ८ सदस्यीय निर्देशक समिति, ५१ सदस्यीय उपसमिति संयोजक, १३ सदस्यीय उपसमिति सल्लाहकार, ३७ सदस्यीय महोत्सव सललाहाकार समिति , १६० सदस्यीय कार्यसम्पादन समिति सदस्य र दुई हजार एक सय मूल समारोह समिति सदस्य गठन गरिएको जानकारी पनि उक्त अवसरमा दिइएको छ ।

महोत्सव अवलोकनका गर्न विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणका लागि ८० रुपैयाँ र कन्सर्ट टिकट एक सय ५० रुपैयाँ तोकिएको छ । महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्नका लागि आयोजकले निशुल्क स्टलको व्यवस्था गरेको छ ।

महोत्सवमा रेस्टुरेन्ट, हस्तकला, कृषि, अटो, रेडिमेट, वित्तीय संस्था, पर्यटन प्रवद्र्धन, सूचना प्रविधी र उद्योगका स्टल रहने प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले बताए ।कवि शिरोमणि लेखनाथको सम्मानमा सोमबार शिरोमणिद्वारा रचित १८ कविता १८ कविले वाचन गरेका थिए ।

Previous Post

नाइजेरियामा हैजाबाट ५१ जनाको मृत्यु

Next Post

उम्मेदवारी फिर्ता लिन सभापति देउवालाई गगनको आग्रह

सम्बन्धित खबर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
फिचर-ब्यानर

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

१ चैत्र २०८२,
Load More
Next Post
को बन्छ काँग्रेस संसदीय दलको नेता ? देउवा र थापाको यस्तो छ अंक गणित

उम्मेदवारी फिर्ता लिन सभापति देउवालाई गगनको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In