अमला अमृत फल हो । अमलामा भिटामिन ‘सी’ प्रशस्त मात्रामा पाइन्छ । अमलामा सुन्तलामा भन्दा २० प्रतिशत बी भिटामिन ‘सी’ पाइन्छ । यसको अतिरिक्त एउटा महत्वपूर्ण कुरा के भने अमलामा पाइने भिटामिन ‘सी’ कुनै पनि अवस्थामा नष्ट हुँदैन । अमलामा भिटामिन ‘सी’ नष्ट हुन नदिने एक किसिमको तत्व हुन्छ । यसको प्रयोग ताजा, सुकाएर, उमालेर वा पिसेर जसरी पनि प्रयोग गर्न सकिन्छ ।
अमलाको उपयोग
ड्ड आयु वृद्धि एवं स्वास्थ्य रक्षाका लागि
ड्ड रोगबाट मुक्त गराउनका लागि
ड्ड सौन्दर्य वृद्धि एवं त्यसमा स्थायित्व प्रदान गर्न ।
अमला सबै उमेरका व्यक्तिले स्वास्थ्यलाभको निमित्त प्रयोग गर्न सकिन्छ । वृद्धको निमित्त बढी उपयोगी हुन्छ । आफ्नो शरीरको भित्री तन्दुरुस्ती कायम राख्न तथा बाहिरी सौन्दर्यको रक्षाको लागि अमलाको प्रयोग अत्यन्त महत्वपूर्ण छ ।
साभारः ‘दीर्घजीवनका रहस्यहरु’ पुस्तकबाट













