काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षा र हिमपात हुने भएको छ । विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेका कारण हिमपात र वर्षाको सम्भावना रहेको हो ।
पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो रहेको छ ।
आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथ मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मैसम विज्ञान विभागले जनाएको छ ।
प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति प्रदेश–१ लगायत वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।













