‘समृद्धिको लागीसिभिल बैंक’भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले ‘अप्पनजनकपुर, डिजिटल जनकपुर’गो–क्यासलेस अभियानको थालनी गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहको प्रमुखआतिथ्यतामा उक्तकार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा बिशेष अतिथिको रूपमा नेपाल राष्ट्र बैंक, जनकपुरका निर्देशकनिरा ताल्चा भडँेल हुनुहुन्थ्यो भने अन्यअतिथीहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनुषाका तर्फबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डेय, फोन–पेका मधेश प्रदेश प्रमुख पशुपति मिश्रा, सिभिल बैंकका मधेश प्रदेश प्रमुख विश्वास राजअर्याल लगायत बुद्धिजीवीहरू, टेम्पु व्यवसायीहरु र विभिन्नकलेजका विद्यार्थीहरूहरुको बाक्लो उपस्थितिथियो ।

प्रमुख अतिथि तथा जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहद्वारा टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यू आर कोड हस्तान्तरण गरी सो अभियानको थालनी गरिएको थियो ।
डिजिटल इको सिस्टमको अवधारणा स्वरूप दैनिकजीवनमागर्ने साना सानाखर्चहरु जस्तै टेम्पो भाडा, मन्दिरमा भेटि, पानी पुरी, जुत्तामर्मत, सरसामग्रीआदिखरिद, शौचालयको शुल्कको भुक्तानी देखि ठूला खर्चहरुको भुक्तानी जस्तै सभाहलको भाडा तथा सबै प्रबन्धहरुको भुक्तानी क्यू आर कोडबाट नै गरिएको थियो ।

नेपाल राष्ट्र बैंकको विद्युतीयमाध्यममार्फत कारोबार गर्न प्रोत्साहनगर्ने नीतिबमोजिम डिजिटल इको सिस्टमको अवधारणालाई टेवापुर्याउने हेतुले उक्तकार्यक्रममा क्यू आर कोड सम्बन्धी प्रस्तुतिगरिएको थियो र त्यसका साथ साथै ट्राफिक जनचेतना बढाउनको लागिपनि प्रस्तुतिगरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथीजनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले सिभिल बैंकले ‘अप्पनजनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुवातगर्न पाउँदाआफू खुसीभएको र नगद रहित समाजआजको आवश्यकता भएकोे र नोट छाप्नका लागी विदेशिने ठूलो धन राशिको संचयहुने कुरा पनिभन्नु भयो ।
‘अप्पनजनकपुर, डिजिटल जनकपुर’ अभियानलाई साकार गर्ने हो भने डिजीटल इको सिस्टम कै विकास गर्नू पर्ने कुरामाजोड दिई जसरी यस कार्यक्रमको एउटा अंशमा दैनिक जीवनयापन गर्दा उपभोग गर्दै आएको पानी पूरी देखि जुत्तामर्मत सम्म, टेम्पो सवारी देखि मन्दिरको भेटी सम्म तथा शौचालयको शूल्क समेतका कारोबारहरु डिजीटल रूपमाक्यू आर कोड मार्फत भुक्तानीगर्याैं त्यसरी नै डिजीटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र जनकपुर डिजिटलमा जाने कुरामादुई मतनभएको कुरा सिभिल बैंककाचिफबिजिनेस भोलाबहादुर विष्टले भन्नु भयो ।
सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहितअभियानअहिले देशको दुर्गम भन्दादुर्गम स्थान देखि देशकाप्रमुख सहरहरुमा सम्म गरी एक चालीस हजार भन्दा बढी क्यू आर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको कुरा पनि वैंकले जनाएको छ ।













