• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओलम्पिकको औपचारिक उद्धाटन आज

by
११ साउन २०८१,
0
ओलम्पिकको औपचारिक उद्धाटन आज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्सको पेरिसमा आज हुँदै छ। उद्धघाटन नेपाली समय अनुसार राति ११ बजे पेरिसमा सुरु हुने छ।

साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ। औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ। पेरिस ओलम्पिकले अहिलेसम्मकै फरक उद्घाटन समारोह गर्ने तयारी गरेको छ।

विगतमा ओलम्पिकको उद्घाटन समारोह आयोजक सहरको प्रमुख रङ्गशालामा हुन्थ्यो। सो परम्परालाई तोड्दै आयोजकले यसपालि रङ्गशालाको सट्टा पेरिसको सेन नदीको किनारामा उद्घाटन गर्ने छ। फ्रान्सका राष्ट्रपति इमानुअल माकरनसमेत सुरुमा यस प्रकारको उद्घाटन समारोहमा विश्वस्त हुन सकेका थिएनन्। उद्घाटन समारोहमा खेलाडीले डुङ्गाबाट सेन नदी र पेरिसबिच दुरी तय गर्ने छन्।

यसबिच सहरका विभिन्न आकर्षक दृश्य देख्न सकिन्छ। सन् २०१७ मा पेरिसले ओलम्पिक आयोजनाको दाबेदारी जितेपछि नै प्रदूषित सेन नदीको सरसफाइ गरिएको थियो। सेन नदीमा ट्रायथलन र लामो दुरीको पौडी प्रतियोगिता हुने छ। सेन नदीमा सय वर्षपछि

प्रतियोगिता हुन लागेको हो। सन् १९२४ मा सेन नदी प्रदूषित भएपछि यहाँ प्रतियोगिता गर्न सय वर्षको प्रतिबन्ध लगाइएको थियो। जुन यस वर्ष सकिएको हो। यसै गरी आइफल टावरको तल रहेको चाम्प डे मार्समा हुने बिच भलिबल पनि ठुलो आकर्षण हुने छ।

पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका कुल ३२ खेलमा करिब १० हजार पाँच सय खेलाडीले भाग लिने छन्। यसपालि रुस र बेलारुसको ओलम्पिकमा टिम गेममा सहभागिता रहने छैन। यद्यपि आइओसीले तटस्थ खेलाडीका रूपमा रुसी र बेलारुसका खेलाडीलाई पेरिस ओलम्पिकमा आमन्त्रण गरेको छ। ब्रेकिङ खेलले ओलम्पिकमा नयाँ खेल हो।

ओलम्पिककै इतिहासमा पहिलो पटक महिला र पुरुष खेलाडीको सङ्ख्या झन्डै बराबर छ। १२४ वर्षअघि पेरिसमै ओलम्पिक हुँदा यस मेघा इभेन्टमा महिला खेलाडीले पहिलो पटक प्रवेश पाएको थियो। सो समय मात्र २२ महिला खेलाडीले सहभागिता जनाएका थिए। यसै गरी पारालम्पिकमा पनि चार हजार चार सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। खेलका लागि ३० हजार स्वयंसेवक

परिचालन गरिने छ। डोपिङ टेस्टका लागि मात्र छ हजार कर्मचारी हुने छन्। ओलम्पिकका लागि पेरिसमा मात्र १५ खेल स्थल छन्। जहाँ ३२ मध्ये २१ खेल सञ्चालन हुने छ। अन्य खेल पेरिस आसपासका सहरमा गरिने छ। १७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुने छन्। पेरिस ओलम्पिक आयोजनाको आधिकारिक खर्च अहिले ९.६ बिलियन डलर रहेको छ। प

छिल्लो संस्करण टोकियो ओलम्पिकमा कोभिडका कारण ओलम्पिक खेल्ने खेलाडी, समर्थक मात्र होइन जापानी जनता पनि ओलम्पिकलाई लिएर उत्साहित थिएनन्। सो समय सबैले कोरोना भाइरसको डरमा ओलम्पिक खेलेका थिए। यसपालि पेरिसमा ओलम्पिकको उत्साह फरक हुने छ। ओलम्पिकको बहानामा पेरिसको वास्तुकला, कला र इतिहास हेर्न १५ मिलियन पर्यटक पेरिस पुग्ने छन्।

पेरिस ओलम्पिक एक करोड तीस लाखले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ। टेलिभिजनमार्फत चार अर्ब मानिसले ओलम्पिक हेर्ने दाबी पनि आयोजकको रहेको छ।

पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेका छन्। जसबाट अहिले नै सबैभन्दा बढी दर्शकले हेरिने ओलम्पिक हुने पक्का भइसकेको छ। ओलम्पिक सकिँदासम्म एक करोड टिकट बिक्री हुने अनुमान गरिएको छ। आयोजकले पेरिस ओलम्पिकलाई भव्य बनाउन कुनै कसर नछोड्ने बताएको छ। पेरिसमा सुरक्षा व्यवस्थाका लागि करिब २० हजार सेना र ४० हजार प्रहरी

परिचालन गरिने जनाइएको छ। यसबाहेक अन्य देशका थप दुई हजार सेना र पुलिस अधिकारी पनि हुने छन्।

Previous Post

रामेछापको फर्पुमा पहिरोले पुरिएर तीन किशोरीको मृत्यु

Next Post

विदेशको भिसाको लागि प्राथमिकता दिएको भन्दै पदयात्रा सञ्चालन गर्ने कम्पनि आलोचित

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

१९ चैत्र २०८२,
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
फिचर-ब्यानर

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

१९ चैत्र २०८२,
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
आवाज

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

१९ चैत्र २०८२,
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
आवाज

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

१९ चैत्र २०८२,
Load More
Next Post
विदेशको भिसाको लागि प्राथमिकता दिएको भन्दै पदयात्रा सञ्चालन गर्ने कम्पनि आलोचित

विदेशको भिसाको लागि प्राथमिकता दिएको भन्दै पदयात्रा सञ्चालन गर्ने कम्पनि आलोचित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In