काठमाडौं । इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम रिजाललाई साईप्रसका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालय जानकारी दिएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।













